काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ । आज र भोलि ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औं सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहा“ पुगेको हो । प्रधानमन्त्री देउवाले विभिन्न विशिष्ट व्यक्तिसंग भेटवार्ता समेत गर्नुहुनेछ ।
भ्रमणका क्रममा उहाले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसंग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भोलि नै श्रीलङ्काका राष्ट्रपतिसंग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसंग पनि साइडलाइन बैठक गर्नुहुनेछ । सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुग्नुभएका प्रधानमन्त्री देउवासंग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उहा“ विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हु“दै ग्लास्गो पुग्नुभएको हो । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्