काठमाडौं । प्रदेश–१ मा मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामाको तयारी गर्नुभएको छ ।
आचार्यले आफूलाई विश्वासको मत प्राप्त नहुने भएपछि राजीनामाको तयारी गर्नुभएको हो । गत ५ गते प्रदेशसभामा पेस गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज छलफल गरी मत विभाजन हु“दैछ ।
सभामुख प्रदीप भण्डारीले आज दिउ“सोको लागि प्रदेश सभाको बैठक बोलाउनुभएको छ । आज मत विभाजन भएसंगै नेकपा एमालेले गण्डकी र वाग्मतीपछि प्रदेश–१ मा सरकार गुमाउने निश्चित छ । गएको ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्ने मिति तोकिएको थियो । तर, त्यही दिन नेपाली कांग्रेसले बैठक स्थगन गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएपछि सदन स्थगित भएको थियो ।
हिजो बसेको विपक्षी ५ दलको बैठकले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ । उनीहरुले नया“ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अगाडि सारेका छन् । प्रदेश–१ मा कुल ९२ सांसद छन् । विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । एमालेसंग ४१ र विपक्षी गठबन्धनसंग ५० जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्