काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना नेताहरुले न्यायालय शुद्धिकरणको लडाइ“को पक्षमा उभिनका लागि पार्टी समक्ष आग्रह गरेका छन् । कांग्रेस नेताहरुले अहिले न्यायालयको अवस्थामा पेचिलो बनेको र संविधान रक्षाका लागि खेलेको भूमिकालाई लिएर प्रतिशोध सा“ध्ने काम भैरहेको भन्दै उनीहरुले कांग्रेस अहिलेको अवस्थामा मौन बस्न नहुने बताएका हुन् । कांग्रेस नेताहरु चन्द्र भण्डारी, गगन थापासहितका १२ नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै औपचारिक धारणाको माग गरेका हुन् ।
विज्ञप्ती जारी गर्ने अन्य नेताहरुमा धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल, सरिता प्रसाई, रामकृष्ण यादव र किरण यादव छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्यायालय सञ्चालन गर्न असक्षम भएको आरोप लगाउ“दै १५ जना न्यायाधीशहरुले इजलासमा छाडेको अवस्थामा कांग्रेसका युवा नेताहरुको विज्ञप्ति आएको हो ।
विज्ञप्तिमा विगतमा न्यायालयस“ग सम्बन्धित कानूनी र अभ्यासगत रुपमा भए गरेका काम कारवाहीबाट सिक्दै न्यायप्रणालीको संस्थागत विकास, न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका खातिर दीर्घकालिन समाधान खोज्नको लागि नेतृत्वदायी भुमिका पनि नेपाली कांग्रेसले लिनुपर्ने जनाइएको छ । सर्बोच्च अदालतका १५ न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताउ“दै आएका छन् । नेपाल बार एसोसिएसनले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्