काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औं महाधिवेशनको उदघाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आउ“दो मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि चितवन जिल्ला कमिटीले दुई ठाउ“ सिफारिस गरेको हो ।
एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिनुभयो । यसका लागि ठाउ“को स्थलगत अवलोकन गर्ने काम भइरहेको उहा“ले बताउनुभयो । उदघाटन सत्रमा पा“च लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउ“ छनोट गरिएको उहा“को भनाइ छ । सर्वसाधारणलाई सहज हुने गरी त्यही ठाउ“ उदघाटन सत्रका लागि उपयुक्त हुने रावलले बताउनुभयो । यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र त्यही ठाउ“मा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको पनि रावलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्