काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ गरी संवैधानिक इजलासमा पेशी तोकिएको छ। यसअघि भदौ १६ गते न्यायाधीश हरिकृष्ण कार्कीका कारण ‘हेर्न नमिल्ने’मा परेको सापकोटाविरुद्धको रिटको सुनुवाईका लागि बुधबार फेरि कार्कीसहितको इजलास गठन गरिएको हो।
न्यायाधीशले मुद्दा हेर्न अस्वीकार गरेपछि त्यही मुद्दाको सुनुवाईका लागि अर्को न्यायाधीश राखेर इजलास बनाउनु पर्ने भए पनि प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले ‘नियोजित असावधानी’बस कार्कीलाई समेत राखेर वरिष्ठताका आधारमा इजलास तोकेका हुन् । भदौ १६ गते न्यायाधीश हरिकृष्ण कार्कीले रिट निवेदकको तर्फबाट विगतमा बहस गरेका कारण हेर्न अस्वीकार गरेका थिए। हत्या अभियोगमा सापकोटामाथि छानबिन हुनुपर्ने माग लिएर नौ वर्षअघि दायर भएको रिट निवेदनको अन्तिम सुनुवाईका लागि पटकपटक पेशी तोकिए पनि सुनुवाई रोकिँदै आएको छ
। अन्तिम सुनुवाईका लागि संवैधानिक इजलासमा बुधबार पहिलो नम्बरमै पेशी तोकिए पनि फेरि ‘हेर्न नमिल्ने’मा जाने सर्वोच्च स्रोतले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस्