काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा संशोधन हुन नसक्ने बताउनुभएको छ । गैरआवासीय नेपाली संघ न्युर्योक च्याप्टर, जनसम्पर्क समिति र न्युयोर्कस्थित महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा आइतवार आयोजित भेटघाट कार्यक्रममा मन्त्री खड्काले यस्तो बताउनुभएको हो ।
प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन पुग्नुभएका डा. खड्काले एमसीसी परियोजना संशोधनका लागि अमेरिका कुनै हालतमा तयार नहुने दावी गर्नुभयो । एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको र त्यसका बु“दाहरु नेपालमा संशोधन गर्दा अन्य देशमा समेत समस्या आउन सक्ने उहा“को भनाइ थियो । एमसिसीबारे अहिले सामाजिक सञ्जालमा भइरहेका प्रचारलाई भ्रमपूर्ण र अनर्गल भन्दै मन्त्री खड्काले नेपालको सडक र जलविद्युत् क्षेत्रको विकासका लागि एमसिसी नेपाललाई आवश्यक रहेको पनि बताउनुभयो ।
उहा“ले एमसीसी कार्यान्वयन गर्दैमा अमेरिकी सेना पनि नआउने र नेपालको राष्ट्रियता पनि कमजोर नहुने तर्क गर्नुभयो । यसलाई विशुद्ध विकास परियोजनाका रुपमा बुझ्न पनि अपिल गर्दै उहा“ले केही मानिसले बुझ्दै नबुझी एमसीसीविरुद्ध माइतीघर मण्डलामा उफ्रिरहेको बताउनुभयो । मन्त्री खड्काले हिजो एमसीसी पास हुनुपर्छ भन्ने दलहरु नै विरोधमा उत्रिएको भन्दै आश्चर्य प्रकट गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्