ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा सरकार संवेदनशील– मुख्यमन्त्री


एबीसी / संवाददाता

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

उहाँले राजनीतिक अस्थिरता र असन्तुलनका कारण मानव अधिकारसँग सम्बन्धित कानून निर्माणले प्राथमिकता पाउन नसकेको स्वीकार गर्नुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा आज बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री केसीले मानव अधिकारसँग सम्बन्धित कानून निर्माणको प्रमुख हिस्सेदार सङ्घीय सरकार भएकाले यस विषयमा सङ्घीय सरकारलाई अझै जवाफदेही बनाउने गरी छलफल अघि बढाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले मानव अधिकार रक्षकको सम्मान, संरक्षण र सम्वद्र्धनका लागि सरकार संवेदनशील भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाल अन्तर्राष्ट्रिय सन्धिसम्झौताका विषयमा आँखा चिम्लेर हस्ताक्षर गर्ने पक्षराष्ट्र भएकाले मानव अधिकार रक्षकको अधिकारको संरक्षण र सम्मानमा तदारुकता देखाउनुपर्ने भन्दै मानव अधिकार रक्षकको भूमिका र योगदानका विषयमा प्रदेशसभामा विधेयक ल्याइदन आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोजककातर्फबाट कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता टीकाध्यज खड्काले मानव अधिकार रक्षकको सुरक्षा, संरक्षण र दायित्वका लागि कानूनी व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले यस किसिमको कानूनलाई सङ्घीय सरकार र प्रदेश सरकारले पर्याप्त छलफल गरेर ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव राजेन्द्र थापाले मानव अधिकार रक्षकको सम्मान र संरक्षणका लागि राज्यले विभिन्न अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र भइसकेकाले यस विषयमा स्पष्ट भएर अगाडि बढ्न सकिने बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवाकेन्द्र, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले तीन दशकदेखि मानव अधिकारको अनुगमन, अभिलेखीकरण, पैरवी र मानव अधिकार शिक्षाको विषयमा काम गर्दै आएको बताउँदै मानव अधिकार रक्षकको अधिकारको संरक्षण, प्रवद्र्धनका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले मानव अधिकार रक्षकको विषय अत्यन्त्यै महत्वपूर्ण भएकाले यसमा सरकार संवेदनशील हुनपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले मानव अधिकार रक्षकका लागि अलग्गै कानूनभन्दा पनि मानव अधिकारसम्बन्धी कानून निर्माण गरेर एकीकृतरुपमा मानव अधिकार रक्षकको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com