काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पार्नु भयो । नेपाली का“ग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिनु भयो ।
उहाले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको पनि पटक पटक दोहो¥याउनु भयो । नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अव सभापति भएर काम गर्न चाहेको बताउनु भयो । नेता सिंहले आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अव सभापतिमा उम्मेदवारी दिने योजना बनाएको तर्क समेत गर्नु भयो । उहाँले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने बताउनु भयो । नेता सिंहले पार्टी नेतृत्वले १४ औं महाधिवेशनको मिति फेरी पनि सार्ने षडयन्त्र गरिरहेको भन्दै आक्रोसित हुनु भयो
प्रतिक्रिया दिनुहोस्