काठमाडौं । आज राष्ट्रिय संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
हरेक वर्षको असोज ७ गतेलाई सरकारले राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउने गरेको छ ।
२०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहा“हरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा घुन्साको फले भीरमा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको थियो ।
नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भू–दृश्यहरुको संरक्षण, संवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष, ६ संरक्षण क्षेत्र तथा १३ मध्यवर्ती क्षेत्र घोषणा भएर व्यवस्थापकीय कार्यहरु सञ्चालन गर्दै आएका छन् । संरक्षित क्षेत्रहरुले २०७२ सालसम्म नेपालको कुल क्षेत्रफलको २३ दशमलव ३९ प्रतिशत भू–भाग ओगटेको छ । तर, वन व्यवस्थापन र जैविक विविधता संरक्षणका काम प्रभावकारी हुन नसकेकाले संरक्षणमा चुनौती बढ्दै गएको विज्ञले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्