काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज पनि बस्ने भएको छ ।
मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा हिजो बेलुका छलफल गरेका गठबन्धनका शीर्ष नेताहरूले त्यसलाई आज पनि निरन्तरता दिने भएका छन । बैठक अपराह्नतिर बस्ने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा हिजो बेलुका बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेता सहभागी थिए । सरकार गठन भएको दुई महिनाभन्दा बढी समय भइसक्दा पनि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्