काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । आज काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि ६३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशको माग राख्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरुले लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको ठाउँमा नतिजा स्थगीत गरिएको सूचना निकालिनु गैरजिम्मेवार भएको बताएका छन् ।
उनीहरुले लोकसेवा जस्तो गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न पनि लोकसेवाले तत्काल नतिजा प्रकाशन गरिनुपर्ने बताएका छन् । उनीहरुले लोकसेवा आयोगले तत्काल परीक्षाको नतिजा निकाल्नुपर्ने माग गरेका छन् । प्रदर्शनकारी परीक्षर्थीहरुले लोकसेवा आयोगको यो निर्णयबाट कतिपय परीक्षार्थीहरु डिप्रेशनको शिकार भइरहेको बताएका छन् । उनीहरुले लोकसेवा आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको बताएका छन् ।


















प्रतिक्रिया दिनुहोस्