काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बलियो एमाले बनाउनका लागि सबैले फराकिलो मन बनाउने बेला आएको बताउनुभएको छ ।नेकपा एमाले काठमाडौं जिल्ला भेलालाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले हिजोको एमाले बनाउनका लागि अब सबैले मन फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
हिजो विभाजन गर्दा हामीलाई होइन, हामीलाई कमजोर बनाउन चाहनेहरुलाई फाइदा भयो, भन्दै शाक्यले अब कुनै पूर्वाग्रह र मनमुटाव बिना हिजोको झैं बलियो एमाले बनाउनका लागि मन फराकिलो बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहांले अब फेरि पनि यो मुलुकको नेतृत्व गर्ने शक्तिको रुपमा नेकपा एमालेलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहांले पार्टीले जारी गरेका १२ वटा अन्तरपार्टी निर्देशनको अक्षरश पालना गर्न नेतृत्वलाई आग्रहसमेत गर्नुभयो । उहांले कुनै जालझेल र षड्यन्त्र विना २०७५ जेठ २ मा जे अवस्था थियो, त्यसैलाई नेतृत्व मानेर अगाडि बढ्न नेतृत्वसमक्ष आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्