ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटालाई प्रदेश राजधानी माग्दै प्रधानमन्त्री निवासमा धर्ना


admin

काठमाडौं, १७ पुस । धनकुटाका स्थानीय नेता तथा कार्यकर्ताहरुले प्रदेश नम्वर १ को राजधानी धनकुटालाई घोषणा माग गर्दै आज प्रधानमन्त्रीको सरकारी निवासमा धर्ना दिएका छन् । धर्नाकारीहरुले धनकुटालाई १ नम्वर प्रदेशको राजधानी नबनाए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रादेसिक राजधानी निर्माण अभियान समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेदेखि ११ बजेसम्म घेराउ र धर्ना दिएको थियो । १ नम्वर प्रदेशको राजधानी धनकुटालाई घोषणा गर्न माग गरेको नेपाली कांग्रेस धनकुटाका सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राईले बताउनुभयो ।

पूर्वाधार, सामथ्र्य, सुरक्षा, सुन्दरताको खानी रहेको धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउँदा अन्तर्राष्ट्रिय सिमाना र भौगोलिक समदुरीले पनि उपयुक्त रहेको भन्दै सचिव राईले विवादरहित पनि हुने भएकाले धनकुटालाई १ प्रदेशको राजधानी घोषणा गर्न माग गरिएको बताउनुभयो ।

धर्ना तथा घेराउ कार्यक्रममा प्रदेश सभाका सांसद इन्द्रमणी पराजुली, नेपाली कांग्रेसका धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, नेकपा एमालेका नेता धर्मराज पौडेल, अभियानका संयोजक उमेश घिमिरे, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राई, मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदी, नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई लगायत सहभागी थिए ।

साथै, धर्नामा प्रदेश सभाका सांसदहरु लिला सुब्बा, आर सी तुम्वा, बिना राई, कुसुम कुमारी श्रेष्ठ, पूर्व सांसद मनोहर नारायण श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल वराईली, धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा काठमाडौ विभिन्न पार्टीका सम्पर्क समिति, मञ्च, गणातान्त्रिक मञ्च लगायतका पदाधिकारीहरु, धनकुटा लगायतका १ नम्वर प्रदेशका जिल्लाहरुबाट काठमाडौ आई पेशा व्यवसाय तथा रोजगार गरिरहेका धनकुटाबासीहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रदेश नम्वर १ को धनकुटालगायत १४ वटै जिल्लाबाट र राजधानी काठमाडौमा धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन माग गर्दै हस्ताक्षर गरिएको ७ लाखभन्दा बढीको हस्ताक्षर र ज्ञापनपत्र भोली प्रधानमन्त्री देउवालाई बुझाउने कार्यक्रमको रहेको समेत नेपाली कांग्रेस धनकुटका सचिव राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ६३ जनाको मृत्यु, २९० जना घाइते

क्लासिक टेक १६औं वर्षमा प्रवेश

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

निगमले तिर्‍यो जहाज खरिदका लागि लिएको ऋणको असारसम्मको किस्ता

शिक्षण अस्पतालमा ६५ युवाले गरे रक्तदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com