ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामदार नपाएपछि पुनःनिर्माणका लागि आफैँ जुटे भूकम्पपीडित


admin

धुलिखेल, १३ पुस।  भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि गाउँमा कामदार अभाव भएपछि गाउँले मिलेर आफै घर बनाउन जुटेका छन् ।

सरकारले भूकम्प लाभग्राहीले दोस्रो किस्ता लिनका लागि घर निर्माण गर्न जग हाल्नै पर्ने पुस मसान्तसम्मको समयसीमा तोकेपछि काम गर्न कामदार नपाएको बनेपा नगरपालिका वडा नं ५ सिमलडाँडाका भूकम्प लाभग्राही सबैजना मिलेर आलोपालो गरी घर निर्माण गर्न जुटेका हुन् ।

त्यहाँका सात घरपरिवारले काम गर्ने दक्ष कामदार नपाएका कारण घर बनाउन नसकेको भन्दै आफूहरु सबैजना मिलेर पुनःनिर्माणको काममा आलोपालो गर्ने गरी काम थालनी गरेको रमेश थापाले बताउनुभयो । साविक रविओपी गाविसको वडा नागरिक मञ्चका संयोजक एवं गाविसस्तरीय मेलमिलाप कर्तासमेत रहेका थापाले सबै गाउँले मिलेर पुनःनिर्माणको काममा जुट्न पहल गरेपछि अहिले घर निर्माणको कामले तीव्रता पाएको छ ।

अहिले त्यहाँका स्थानीय भूकम्प लाभग्राहीले सामूहिकरुपमा पुनःनिर्माण थालनी गरेसँगै कामको जिम्मेवारीसमेत बाँडफाँड गरेका छन् । भूकम्प प्रतिरोधी घर निर्माणका लागि दक्ष डकर्मी तालीम लिएका दिनेश मगरले कामदारको नेतृत्व गरेको छ । “मैले पहिलादेखि नै यसै क्षेत्रमा काम पनि गर्दै आएको र पछि दक्ष डकर्मीको सात दिनको तालीम पनि लिएका कारण निर्माण गर्ने घरका लागि सबैसँग मिलेर अघि बढिरहेको छु ।” मगरले भन्नुभयो, “तोकेको समयसीमाभित्र घर निर्माण गरेर सरकारको अनुदान पनि फिर्ता नजाओस् र कामदार नपाउने अवस्थामा सबै मिलेर घर निर्माण गरौँ भनेर सबैजना मिलेर यो अभियान थालेका हौँ ।”

पन्ध्र घरधुरी रहेको सो ठाउँका भूकम्प लाभग्राहीमध्ये सात घरधुरीले सो अभियान थालेका हुन् । युवाले सिमलडाँडा माथिल्लो टोल घर निर्माण उपभोक्ता समिति नै गठन गरेका छन् । समितिको अध्यक्षसमेत रहेका रुपक थापाले परिचालन गर्नका लागि भूमिका खेलिरहेको छ ।

मंसिर २२ गतेबाट सामूहिकरुपमा घर निर्माणको थालनी गर्नुभएका उहाँले अहिलेसम्ममा चार वटा घरको डिपिसी गरिसकेको छ । “हामीले आलोपालो गरेर निर्माणको काम गर्दैछौँ”, थापाले भन्नुभयो, “समलेर गर्दा सहज पनि हुने र ज्याला पनि बच्ने भएकाले धेरै सहज हुँदोरहेछ ।” खेर जाने समय पनि सदुपयोग हुने र आवश्यकताअनुसार महिला र पुरुष मिलेर काम गर्दा छिटो पनि हुने उहाँहरुको भनाइ छ ।

राष्ट्रिय पुनःनिर्माण प्र्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख ध्रुव गैडाले दक्ष कामदारको अभाव र इञ्जिनियरहरुको पर्याप्त व्यवस्था गर्न नसक्दा पुनःनिर्माणले गति लिन नसकेको स्वीकार गर्नुभयो । सरकारले पुस मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने समयसीमा तोकेपछि अहिले लाभग्राही धमाधम घर निर्माणमा जुटेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेमा १५ सदस्यीय पदाधिकारी हुने, उमेर सीमा र दुई कार्यकाल हट्यो

वाग्मतीसहित चारवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ६३ जनाको मृत्यु, २९० जना घाइते

क्लासिक टेक १६औं वर्षमा प्रवेश

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com