ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई अतिहरुमा रुमलिएको संशोधन


admin
असार २६, २०७४ सोमबार   ३ : ४५   बजे

काठमाडौं २६ असार ।
एक वर्ष वितिसक्दा पनि संविधान संशोधन विधेयक पारित हुन नसक्नुमा सबै दल उत्तिकै जिम्मेवार छन् । संविधान अनुसार संविधान संशोधनको माग गर्नु बेठिक होइन ।

तर, संविधान अनुसार कुनै बुद्धामा संशोधनको माग गर्नु नै राष्ट्रघात देख्नु कदापि ठिक होइन । संविधान संशोधन मुख्य त दुई अतिमा रुमलिएको छ ।
मधेसी दलले आफुले भनेजसरी नै संविधान संशोधन हुनु पर्छ भन्नु प्रमुख प्रतिपक्षी दलले संशोध राष्ट्रघाती देख्नु दुई अति हुन ।

मधेसी मोर्चालाई मनाउन संविधान संशोधनको प्रयास थालिएको एक वर्ष यी दुई अतिमै बितेको छ । मधेसी र प्रमुख प्रतिपक्षी दलले अझै पनि आफुलाई एक कदम पनि पछि सार्न चाहेका छैनन् ।

संविधान जारी भएपछि मधेस आन्दोलित भयो । संविधान नै अस्वीकार गर्ने मधेसी दलको अभिमत भने स्थापित हुन सकेन । संविधान पुनर्लेखन गर्नु पर्छ भन्ने दावा गरिरहेका मधेशी दल संविधान संशोधन गर्ने विषयमा अडिए ।

मधेसी दलले संविधान संशोधन मार्फत आफ्नो मागको सुनुवाई खोज्नु असहमति सहित संविधान स्वीकार्नु हो ।

तर, संविधान संशोधनका विषयमा भने मधेसी दललाई सफलता मिल्न सकेको छैन । संविधान संशोधन हुन नसक्नुमा स्वयः मधेसी दलहरु पनि जिम्मेवार छन् । सुरुमा सबै मधेस केन्द्रित दल संविधान संशोधनको बटम लाइनमा थिए ।

संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने मधेसी दलको बटमलाईन थियो । तर, संघीय समाजवादी फोरम नेपाल पहिलो चरणको निर्वाचनमै सहभागी भएपछि भने संविधान संशोधन गरेर मात्र निर्वाचनमा सहभागी हुने मधेसी दलको मुद्दा कमजोर बन्यो ।

मधेसी दलले आफूले भनेका सबै बुदामा अनिवार्य संशोधन चाहनु अर्को समस्या हो । यो अडानमा प्रमुख प्रतिपक्षी दल एमाले कुनै हालतमा सहमत हुने अवस्था छैन । मधेसी दलको प्रभाव क्षेत्र मानिने दुई नम्बर प्रदेशमा तेस्रो चरणमा असोज २ गते निर्वाचन हुदैछ ।

राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुले मधेसी दल पनि निर्वाचनमा सहभागी हुने तयारीमा लागेको भन्ने संकेत गर्छ ।

तर, दल दर्ता प्रकृया अघि बढाए पनि राष्ट्रिय जनता पार्टीका नेताहरु संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने पुरानो अडानबाट पछि हट्न सकेका छैनन् ।

संविधान संशोधन हुन नसक्नुमा नेकपा एमालेको अडानले मुख्य भूमिका खेलेको छ । नेकपा एमाले संविधान संशोधनको विषय सुन्न पनि चाहदैन ।

मधेसी मोर्चालाई मनाउन सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकलाई नेकपा एमालेले राष्ट्रघात देखेको छ । भाषण गर्दा एमालेका सबै नेताले हामी संविधान संशोधनको विपक्षमा छैनौं भन्छन् ।

तर, सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमा छलफल गर्न एमालेका कुनै पनि नेता तयार छैनन् ।
संसदमा विचाराधिन अवस्थामा रहेको संविधान संशोधन विकेयकलाई राष्ट्रघाती विधेयकको संज्ञा दिने एमालेका नेताहरुले मधेसी दलका नेताको स्वार्थ पूर्तिका लागि संविधान संशोधनको प्रयास गरिएको भन्न भ्याइसकेका छन् ।

आफूलाई जिम्मेवार प्रमुख प्रतिपक्षी दलको रुपमा उभ्याउन चाहने एमालेले अहिलेसम्म आधिकारिक रुपमा संशोधनका यी बुदामा छलफल गर्न सकिन्छ र यी विषयमा सकिन्न भनेर भन्न सकेको छैन ।

संविधान संशोधन विधेयक संसदमा दर्ता भएको एक वर्ष वितिसक्दा पनि नेकपा एमाले आफ्नो अडानबाट पछि हटेको छैन ।

राष्ट्रिय जनता पार्टी आफुले भनेकै जसरी संविधान संशोधन हुनु पर्ने अडानबाट पछि नहट्नु र एमाले संशोधनको विषयमा छलफल गर्न तयार नहुनुले संविधान संशोधन अझै अन्योलमा परेको छ ।

मधेस समस्या समाधान गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार बन्न सकेन नै, स्वयः मधेसी दल पनि जिम्मेवार रुपमा प्रस्तुत भइरहेका छैनन् । त्यसैले संविधान संशोधन अझै पनि अन्योलमा परेको छ ।

 

मधेस मुद्दालाई सत्तारुढ दल, प्रमुख प्रतिपक्षी र स्वयः मधेसी दलले प्रतिष्ठाको विषय बनाएका छन् । संविधान संशोधन गरेर मधेसी दल र नागरिकको मन जित्ने सत्तारुढ दलको योजना हुनसक्छ ।

मधेसी दल संविधान संशोधन गर्दै आम मधेसी नागरिकसम्म पुग्ने बाटो खोजिरहेका छन । नेकपा एमाले भने आफूले राष्ट्रघाती भनेका संशोधन पारित हुँदा साख गिर्ने त्रासमा छ ।

यसरी, संविधान जारी भएपछि उत्पन्न मधेस समस्या समाधान गर्ने विषय दलहरुको स्वार्थ पूर्ति गर्ने गतिलो हतियार बन्यो ।

त्यसैले, अहिलेसम्म संविधान संशोधनका मुद्दाको व्यवस्थापन हुन सकेको छैन । तर, सत्तारुढ दलले बहुमतीय प्रकृयामा संविधान संशोधन टुङ्गो लगाउने कसरत थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

मनसुन शुरु भएसँगै इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group