काठमाडौं, १० जेठ । सरकारले चीनको सिचुवानस्थित छेन्दुमा कन्सुलेट कार्यालय खोलेको छ । सोमबार चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको सिचुवान प्रान्तका उप–गभर्नर ली युन्जे संयुक्त रूपमा कन्सुलेट कार्यालयको उद्घाटन गनुर््भएको हो । कन्सुलेट कार्यालय उदघाटन कार्यक्रममा सिचुवान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरू र छेन्दु नगरका मेयरको पनि उपस्थिति थियो। कार्यक्रममा बोल्दै राजदूत पाण्डेले आजदेखि सञ्चालनमा आएको कन्सुलेट कार्यालयले दुई देशको सहकार्यमा थप योगदान दिँदै नेपाल–चीन सम्बन्धलाई मजबुद् बनाउने सघाउने विश्वास व्यक्त गर्नुभएको छ।
तीन जना कर्मचारी रहने कन्सुलेट कार्यालयमा दिनेशकुमार घिमिरे महावाणिज्य दूत रहेको दूतावासले जनाएको छ । सिचुवान प्रान्तका भाइस गर्भनर लि युन्जीले कन्सुलेट कार्यालय स्थापनाले व्यापार, पर्यटन, वाणिज्य र जनता–जनता बीचको सम्बन्ध बढ्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्