ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधन नभए पुनः सडक आन्दोलन : राजेन्द्र महतो


admin

सप्तरी, ९ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । अमेरिकामा बासोवास गर्ने मधेशी समुदायको मधेशी एशोसिएशन इन अमेरिका “मा” नामक संस्थाले राजविराजमा आयोजना गरेको शहिद परिवारलाई सम्मान तथा नव निर्वाचितलाई शुभकामना र वधाई कार्यक्रममा प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै उनले सो कुरा चेतावनी दिएका हुन् ।

धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका महतोले मलेठ घटना पश्चात् निर्माण भएको मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाए अनुसार संविधान संशोधनलाई पहिलो प्राथमिक्तामा राखेको बताए । मलेठ घटनापछि मधेशी जनताको जनादेशले ६ मधेशी दललाई एकै छातामूनी ल्याएको भन्दै महतोले निर्वाचनको परिणाम कुनै दलको नभएर मेधशी जनताको भएको जिकिर समेत गरे । उनले मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्विकार गरि संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे । ६ महिनासम्म संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै गरिएको आन्दोलनले मधेशी जनतालाई विश्वमा पहिचान गराएको स्मरण गर्दै उनले मधेश गठबन्धन केन्द्रिय सरकारका लागि हतार नगरि पहिला मधेशीको अधिकारप्रति सदनमा समेत लड्न तयार रहेको दाबी गरे । सो अवसरमा मलेठ घटनामा ज्यान गुमाएका शहिद परिवारलाई सम्मान तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वधाई र शुभकामना समेत दिईएको छ ।

आयोजक संस्थाका महासचिव संजित रौनियार र कार्यक्रमका प्रमुख अतिथि महतोले शहिद परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । मलेठ घटनामा शहिद भएका इनरदेव यादव, वीरेन्द्रकुमार महतो, सन्जन मेहता, पीताम्बर मण्डल, आनन्द साह र मधेश आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका राजविराज १ निवासी दिलीप साहको परिवारलाई जनही एक÷एक लाख रुपैयाँ समेत उपलब्ध गराईएको छ । कार्यक्रममा स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत फुलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसको भिजुवल एफटिपी सप्तरीमा “द्दण्ठद्ध उयगकज ड चबवभलमचब mबजबतय खष्कगब”ि फोल्डरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

विद्या भण्डारीको देशव्यापी हाइकमाण्ड संयन्त्रमा को को छन् ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवागढी बाढी, चीनले समयमै अलर्ट जारी गरेको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्यो- सिद्धिकी

ओली सरकारले राष्ट्रियसभामा गुमायो बहुमत

सरकारका गुण र दोषको जिम्मेवारी दुवै पार्टीले लिनुपर्छ – नेता सिटौला

चक्रपथमा गुड्न थाले महानगर यातायातका १२ बिजुली बस

गाजामा सहायता सामग्री वितरण केन्द्रमा भागदौड, २० जनाको मृत्यु

कुलिङ पिरियडबारे छानबिन समितिले गर्‍यो रामहरिसँग सोधपुछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com