ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको महामारी र जापानका संघसंस्था


एबीसी न्यूज

इन्दिरा खनाल
इन्दिरा खनाल

जापान– टोकियो / विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रकोप जापानमा पनि बढ्दै गएको छ । चीनको उहान शहरबाट शुरु भएको कोरोना भाईरसले जापानमा पनि प्रकोपको रुप लिदै गएको छ । प्रतिदिन संयौको सङख्यामा संक्रमित थपिएका छन् । संक्रमितको संङख्या बढेसंगै सरकारले राजधानी टोकियो सहित मुख्य शहरहरु चिबा, ओसाका, साईतामा, खानागावा, फुकुओका, ह्योउगोमा, आईची लगायतका ठाउहरु मे ७ सम्मका लागि आपतकालिन घोषणा गरेको छ ।

आपतकालिन घोषणा गरेपनि त्यसको प्रभाव खासै देखिएको छैन । घट्नुको सट्टा झनै सक्रमित बढेका छन् । पछिल्लो १ साता दैनिक ५ सय देखि ६ सयको दरले संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संङख्या पनि उच्च रहेको छ ।। प्रिन्सेस डाईमन क्रुजभित्रका यात्रु सहित हाल सम्म जापान भर संक्रमितको संङख्या ९ हजार ४ सय ३४ पुगेको छ भने १ सय ९१ जनाले ज्यान गुमाईसकेका छन् । सक्रमित संङख्या बढेसंगै नेपाली समुदायमा पनि संन्त्रास बढेको छ । करिव १ लाख नेपाली रहेको जापानमा २ जनामा संक्रमित पुष्टी भएको छ । यो संगै थप साबधानी अपनाउने बेला आएको छ । टोकियो र ईबाराकीमा २ जना नेपालीमा कोरोना पुष्टी भएको जापानका लागी नेपाली राजदुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो ।

एबिसी न्युजसंग कुरा गर्दै उपनियोग प्रमुख अर्यालले जापानमा पनि संक्रमितको सङख्या बढ्दै गएकोले सचेत रहन सबै नेपालीहरुलाई अपिल गर्नुभयो । संक्रमणको सङख्या बढ्दै जानु र नेपाली समुदायमा पनि देखिनुले अझै बढी सचेत र सुरक्षित रहन पाठ सिकाएको छ ।

कोरोना बिरुद्ध नेपाली संघसस्था एकजुट हुँदै ,

जापानमा कोरोनाको संक्रमण बढेसंगै नेपाली संघसंस्थाहरु सक्रिय बनेका छन् । महामारी बिरुद्ध लड्न एकजुट भएरै लागेका छन् । प्रत्येक दिन सयौको सङख्यामा संक्रमित बढेपछि संघसस्थाहरु कोरोना विरुद्ध सचेतनाका लागि एकजुट भएका हुन ।

केही समय यता एनआरएनए, एनबिए पत्रकार महासंघ, अन्तराष्ट्रीय नेपाली साहित्य समाज, नेपाली विद्यार्थी समाज, खानागावा नेपाली कम्युनिटी, विभिन्न जिल्लाका संघसंस्था, शिक्षाप्रेमी, सामाजिक अगुवा सबैले कोरोना केन्द्रित गतिविधि बढाएको देखिन्छ ।

कसैले विज्ञहरु सहित अनलाईन अन्तरक्रिया गरेका छन त कसैले विज्ञप्ती त कसैले सामाजिक संजाल मार्फतहोस् जनचेतना बढाउने काम गरिरहेका छन् । कोरोनाकै कारण विश्वभर १४ नेपालीको मृत्यु भईसकेको छ भने ५ सय बढी संक्रमित रहेको पुष्टी भईसकेको छ । अहिलेसम्म जापानमा २ जनामा कोरोना भाईरस संक्रमणको पुष्टी भईसकेको छ । थप बढ्न नदिन संयन्त्र बनाएरै काम गरिरहेका छन् । संस्थाका प्रतिनिधिहरु भाषागत, आर्थिक, सामाजिक, नैतिक सबै खाले सहयोग गर्न प्रतिवद्ध देखिन्छन ।

गैरआवासिय नेपाली संघ (एनआरएनए) जापानले विभिन्न संयन्त्र बनाएरै काम गरिरहेको महासचिव जनक बिक्रम शाहीले एबिसी न्युजलाई जानकारी दिनुभयो । उहाँले नेपालीलाई सचेत बनाउन स्वास्थ्य विज्ञ टोली सहितको अनलाइन कार्यक्रम गरिसकेको र भाषागत समस्याका लागि भाषागत टोली खडा गरेको जानकारी दिनुभयो ।

त्यस्तै राजदुतावास, अन्य संघसंस्था, एनआरएनए मातहतका क्षेत्रीय कमिटीहरु संग अनलाईन बैठक गरी कोरोनाकै बिषयमा छलफल भएको र थप योजनाका साथ अघि बढने बताउनुभयो । कोरोनाकै कारण जापानका अधिकांश कम्पनी बन्द छन् । हजारौ कामदार रोजगार बिहिन छन् । जसमा नेपाली व्यवसाय पनि परेका छन् ।

धेरै जसो नेपाली व्यवसाय बन्द छन फाटफुट खोलिएका पनि आम्दानी नभएको व्यवसायीले बताएका छन् । फूलवारी नेपाली रेष्टुरेन्ट खामेदोका संचालक नारायण भुसाल कोरोनाको प्रभाव संगै आम्दानी घटेको र अहिले बन्द गरिएको बताउनुहुन्छ । संक्रमितको सङंख्या बढदै जादा भय र त्रास बढेको छ ।आम्दानी घटदा दैनिकी नै कष्टकर बन्दै गएको छ ।

भोकमरीले मर्न दिने छैनौं,

कोरोना संगै भोकमरी आउन सक्ने आकलन समेत गर्न थालिएको छ । नेपाली व्यवसाय संघ (एनबिए) का अध्यक्ष विजय थकालीले नेपाली व्यवसाय ठूलै मारमा परेको भन्दै कामदारलाई बचाउने जिम्मेवारी थपिएको बताउनुहुन्छ । उहाँले व्यवसायलाई बचाउन सके कामदार बाच्ने भएकाले सरकारको सहुलियतमा सक्दो सहयोग गर्ने बताउनुभयो । यस विषयमा संघमा समेत छलफल चलेको जानकारी दिनुभयो ।

जापान सरकारले कोरोनाका कारण मर्कामा परेका व्यवसायलाई सहुलियतमा ऋण दिने घोषणा गरेको छ भने आम्दानी घटी घरखर्च चलाउन असहज नागरिकलाई राहातको समेत घोषणा गरेको छ । ईच्छुक व्यक्तीका लागि एनबिए जापानले आवश्यक कागजातमा सहजकर्ताको भूमिका खेल्दै आएको छ । त्यसैगरी कोरोनकै कारण खाद्यान्नको समस्या भएमा एनबिएले सहयोग गर्न तयार रहेको अध्यक्ष थकालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “जापानमा कोही नेपाली खान नपाएर मर्ने अवस्था आउने छैन ।” त्यस्तै टोकियोको नजिकै रहेको खानागावा प्रिफेक्चरमा पनि नेपालीको बाक्लो बसोबास रहेको छ । नेपालीलाई सचेत बनाउन आवश्यक सबै सहयोग गरेको खानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरी सापकोटाले बताउनुभयो । त्यसैगरी बिभिन्न जिल्लाका संघसंस्थाले पनि जिल्लाबासीलाई सहयोग गर्दै आएका छन् भने भैपरी आउने समस्याका लागि ब्याकप फन्ट समेत तयार गर्ने योजना बनाएका छन् ।

कोरोनाले महामारिको रुप लिदा अमेरिका, भारत लगायतका केही देशहरुमा नेपालीले ठूलो समस्या झेल्नुपरेको छ । कतै खान बस्नको समस्या त कतै औषधी उपचार नपाएको भिडियो सार्वजनिक भएका छन् । जापानमा पनि समस्या दिनप्रतिदिन बिकराल बन्दै गएको छ । विपतलाई सामना गर्न यहाँका संघसंस्थाले एक्यवद्धता नै जनाएका छन् ।परदेशीलाई अभिभावकत्व दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभरका २०८ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । हालसम्म विश्वभर संक्रमित हुनेको संख्या २० लाख ३० हजार २ सय पुगेको वल्र्डमिटरको तथ्यांकमा उल्लेख छ । यो समाचार तयारगर्दा सम्म १ लाख २९ हजार २ सयले ज्यान गुमाएका छ्न भने ४ लाख ९४ हजार ६ सय ४ जना उपचार पछि घर फर्किएका छन् । रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै उत्तम विकल्प भएकोले जहाँ छौं सुरक्षित बसौं र कोरोनाबाट मुक्ती पाँउ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com