ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको महामारी र जापानका संघसंस्था


एबीसी न्यूज
बैशाख ४, २०७७ बिहीबार  १ : ०५ बजे
इन्दिरा खनाल
इन्दिरा खनाल

जापान– टोकियो / विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रकोप जापानमा पनि बढ्दै गएको छ । चीनको उहान शहरबाट शुरु भएको कोरोना भाईरसले जापानमा पनि प्रकोपको रुप लिदै गएको छ । प्रतिदिन संयौको सङख्यामा संक्रमित थपिएका छन् । संक्रमितको संङख्या बढेसंगै सरकारले राजधानी टोकियो सहित मुख्य शहरहरु चिबा, ओसाका, साईतामा, खानागावा, फुकुओका, ह्योउगोमा, आईची लगायतका ठाउहरु मे ७ सम्मका लागि आपतकालिन घोषणा गरेको छ ।

आपतकालिन घोषणा गरेपनि त्यसको प्रभाव खासै देखिएको छैन । घट्नुको सट्टा झनै सक्रमित बढेका छन् । पछिल्लो १ साता दैनिक ५ सय देखि ६ सयको दरले संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संङख्या पनि उच्च रहेको छ ।। प्रिन्सेस डाईमन क्रुजभित्रका यात्रु सहित हाल सम्म जापान भर संक्रमितको संङख्या ९ हजार ४ सय ३४ पुगेको छ भने १ सय ९१ जनाले ज्यान गुमाईसकेका छन् । सक्रमित संङख्या बढेसंगै नेपाली समुदायमा पनि संन्त्रास बढेको छ । करिव १ लाख नेपाली रहेको जापानमा २ जनामा संक्रमित पुष्टी भएको छ । यो संगै थप साबधानी अपनाउने बेला आएको छ । टोकियो र ईबाराकीमा २ जना नेपालीमा कोरोना पुष्टी भएको जापानका लागी नेपाली राजदुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो ।

एबिसी न्युजसंग कुरा गर्दै उपनियोग प्रमुख अर्यालले जापानमा पनि संक्रमितको सङख्या बढ्दै गएकोले सचेत रहन सबै नेपालीहरुलाई अपिल गर्नुभयो । संक्रमणको सङख्या बढ्दै जानु र नेपाली समुदायमा पनि देखिनुले अझै बढी सचेत र सुरक्षित रहन पाठ सिकाएको छ ।

कोरोना बिरुद्ध नेपाली संघसस्था एकजुट हुँदै ,

जापानमा कोरोनाको संक्रमण बढेसंगै नेपाली संघसंस्थाहरु सक्रिय बनेका छन् । महामारी बिरुद्ध लड्न एकजुट भएरै लागेका छन् । प्रत्येक दिन सयौको सङख्यामा संक्रमित बढेपछि संघसस्थाहरु कोरोना विरुद्ध सचेतनाका लागि एकजुट भएका हुन ।

केही समय यता एनआरएनए, एनबिए पत्रकार महासंघ, अन्तराष्ट्रीय नेपाली साहित्य समाज, नेपाली विद्यार्थी समाज, खानागावा नेपाली कम्युनिटी, विभिन्न जिल्लाका संघसंस्था, शिक्षाप्रेमी, सामाजिक अगुवा सबैले कोरोना केन्द्रित गतिविधि बढाएको देखिन्छ ।

कसैले विज्ञहरु सहित अनलाईन अन्तरक्रिया गरेका छन त कसैले विज्ञप्ती त कसैले सामाजिक संजाल मार्फतहोस् जनचेतना बढाउने काम गरिरहेका छन् । कोरोनाकै कारण विश्वभर १४ नेपालीको मृत्यु भईसकेको छ भने ५ सय बढी संक्रमित रहेको पुष्टी भईसकेको छ । अहिलेसम्म जापानमा २ जनामा कोरोना भाईरस संक्रमणको पुष्टी भईसकेको छ । थप बढ्न नदिन संयन्त्र बनाएरै काम गरिरहेका छन् । संस्थाका प्रतिनिधिहरु भाषागत, आर्थिक, सामाजिक, नैतिक सबै खाले सहयोग गर्न प्रतिवद्ध देखिन्छन ।

गैरआवासिय नेपाली संघ (एनआरएनए) जापानले विभिन्न संयन्त्र बनाएरै काम गरिरहेको महासचिव जनक बिक्रम शाहीले एबिसी न्युजलाई जानकारी दिनुभयो । उहाँले नेपालीलाई सचेत बनाउन स्वास्थ्य विज्ञ टोली सहितको अनलाइन कार्यक्रम गरिसकेको र भाषागत समस्याका लागि भाषागत टोली खडा गरेको जानकारी दिनुभयो ।

त्यस्तै राजदुतावास, अन्य संघसंस्था, एनआरएनए मातहतका क्षेत्रीय कमिटीहरु संग अनलाईन बैठक गरी कोरोनाकै बिषयमा छलफल भएको र थप योजनाका साथ अघि बढने बताउनुभयो । कोरोनाकै कारण जापानका अधिकांश कम्पनी बन्द छन् । हजारौ कामदार रोजगार बिहिन छन् । जसमा नेपाली व्यवसाय पनि परेका छन् ।

धेरै जसो नेपाली व्यवसाय बन्द छन फाटफुट खोलिएका पनि आम्दानी नभएको व्यवसायीले बताएका छन् । फूलवारी नेपाली रेष्टुरेन्ट खामेदोका संचालक नारायण भुसाल कोरोनाको प्रभाव संगै आम्दानी घटेको र अहिले बन्द गरिएको बताउनुहुन्छ । संक्रमितको सङंख्या बढदै जादा भय र त्रास बढेको छ ।आम्दानी घटदा दैनिकी नै कष्टकर बन्दै गएको छ ।

भोकमरीले मर्न दिने छैनौं,

कोरोना संगै भोकमरी आउन सक्ने आकलन समेत गर्न थालिएको छ । नेपाली व्यवसाय संघ (एनबिए) का अध्यक्ष विजय थकालीले नेपाली व्यवसाय ठूलै मारमा परेको भन्दै कामदारलाई बचाउने जिम्मेवारी थपिएको बताउनुहुन्छ । उहाँले व्यवसायलाई बचाउन सके कामदार बाच्ने भएकाले सरकारको सहुलियतमा सक्दो सहयोग गर्ने बताउनुभयो । यस विषयमा संघमा समेत छलफल चलेको जानकारी दिनुभयो ।

जापान सरकारले कोरोनाका कारण मर्कामा परेका व्यवसायलाई सहुलियतमा ऋण दिने घोषणा गरेको छ भने आम्दानी घटी घरखर्च चलाउन असहज नागरिकलाई राहातको समेत घोषणा गरेको छ । ईच्छुक व्यक्तीका लागि एनबिए जापानले आवश्यक कागजातमा सहजकर्ताको भूमिका खेल्दै आएको छ । त्यसैगरी कोरोनकै कारण खाद्यान्नको समस्या भएमा एनबिएले सहयोग गर्न तयार रहेको अध्यक्ष थकालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “जापानमा कोही नेपाली खान नपाएर मर्ने अवस्था आउने छैन ।” त्यस्तै टोकियोको नजिकै रहेको खानागावा प्रिफेक्चरमा पनि नेपालीको बाक्लो बसोबास रहेको छ । नेपालीलाई सचेत बनाउन आवश्यक सबै सहयोग गरेको खानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरी सापकोटाले बताउनुभयो । त्यसैगरी बिभिन्न जिल्लाका संघसंस्थाले पनि जिल्लाबासीलाई सहयोग गर्दै आएका छन् भने भैपरी आउने समस्याका लागि ब्याकप फन्ट समेत तयार गर्ने योजना बनाएका छन् ।

कोरोनाले महामारिको रुप लिदा अमेरिका, भारत लगायतका केही देशहरुमा नेपालीले ठूलो समस्या झेल्नुपरेको छ । कतै खान बस्नको समस्या त कतै औषधी उपचार नपाएको भिडियो सार्वजनिक भएका छन् । जापानमा पनि समस्या दिनप्रतिदिन बिकराल बन्दै गएको छ । विपतलाई सामना गर्न यहाँका संघसंस्थाले एक्यवद्धता नै जनाएका छन् ।परदेशीलाई अभिभावकत्व दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभरका २०८ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । हालसम्म विश्वभर संक्रमित हुनेको संख्या २० लाख ३० हजार २ सय पुगेको वल्र्डमिटरको तथ्यांकमा उल्लेख छ । यो समाचार तयारगर्दा सम्म १ लाख २९ हजार २ सयले ज्यान गुमाएका छ्न भने ४ लाख ९४ हजार ६ सय ४ जना उपचार पछि घर फर्किएका छन् । रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै उत्तम विकल्प भएकोले जहाँ छौं सुरक्षित बसौं र कोरोनाबाट मुक्ती पाँउ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com