ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाभाइरस : एकजनाका कारण ४० हजार मानिस क्वारेन्टाईनमा


एबीसी न्यूज
चैत्र १७, २०७६ सोमबार  ९ : १८ बजे

काठमाडौं, १७चैत । भारतमा कोभिड–१९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारन्टीनमा राखेका छन्।

त्यहाँ ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको सङ्क्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि मात्र कारण खुलेको हो। इटली र जर्मनीबाट फर्किएका सिख समुदायका एक स्थानीय धर्मगुरूले आफ्नै घरमा क्वारन्टीनमा रहन दिइएको सल्लाह मानेका थिएनन्। भारतमा सङ्क्रमितको सङ्ख्या एक हजार नाघिसकेको छ। पञ्जाबमा मात्र ३० जना सङ्क्रमित भएको पुष्टि भएको छ। तर विज्ञहरू सङ्क्रमितको सङ्ख्या त्योभन्दा निकै बढी हुनसक्ने त्रासमा देखिन्छन्।

निकै कम परीक्षण
भारत विश्वमै निकै कम परीक्षण दरभएको देशमा पर्छ तर त्यसलाई तीब्रता दिने प्रयास जारी छ। एक अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा महामारी भएमा त्यसले विपत्ति निम्त्याउने डर देखिन्छ। बलदेव सिंह नाम पहिचान भएका ती व्यक्ति ज्यान गुमाउनु केहीअघि मात्र ठूलो भिड जम्मा हुने सिख समुदायको पर्व होला मोहल्लामा सहभागी भएका थिए। छ दिनसम्म चल्ने उक्त उत्सवमा दैनिक १० हजार जति मानिस सहभागी हुने गर्छन्।

उनको मृत्यु भएको एक सातापछि उनका १९ जना नातेदारमा सङ्क्रमण पुष्टि भएको थियो। एकजना वरिष्ठ अधिकारीका अनुसार हालसम्म उनको प्रत्यक्ष सम्पर्कमा आएका ५५० जना मानिसको पहिचान गरेका छौँ र त्यो सङ्ख्या बढ्दो छ। उनी बसेको क्षेत्रका १५ वटा गाउँ हामीले बन्द (सील) गरेका छौँ। उनले भने ।

छिमेकी जिल्लाका अन्य पाँचवटा गाउँ पनि सील गरिएका छन्। भारतमा सङ्क्रमितका कारण ठूलो समूहलाई क्वारन्टीनमा रहनु परेको पहिलो पटक होइन।

भारतमा २१ दिनको निम्ति लकडाउन घोषणा गरिएको छ। तर मानिसहरू खानेकुरा र औषधी जस्ता अत्यावश्यक सामग्री किन्न बाहिर जान पाउँछन्।

बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com