मुख्यमन्त्री स्ट्याटसबाट नागरिक सम्झाउंदै, घर फर्केका नेपाली बिदेश नजाउ । गांउ पसेका युवा शहर नफर्क



बुटवल, १४ चैत्र । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कोरोनको त्रासले बिदेशबाट घर फर्केका युवाहरुलाई अव फेरी बिदेश नजान आग्रह गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज आफ्नो फेसबुक वालमा स्ट्याटस पोष्ट गर्दै बिदेशबाट घर फेर्कका युवालाई घरै बसेर बिदेश नजाने योजना बनाउन सुझाव दिनुभएको छ । उहांले शहरबाट गांउ पुगेकाहरुलाई पनि गांउ मै बसेर ईलम गर्न सुझाउंदै शहर नफर्कन आग्रह गर्नुभएको छ । बिदशे गएर नेपालमा जिवाणुलाई पाहुना नबनाउने हो भने जिवन सुरक्षित रहेको बताउंदै उहांले जिवन जोगाउन र भबिश्य राम्रो बनाउने तर्फ सोंच्न भन्नुभएको छ ।

पोखरेलले आजै अर्को स्ट्याटस पोष्ट गर्दै गांउ घर पुगेकाहरुलाई निश्चित दुरी कायम गरि खेतबारीमा काम गर्न समेत सुझाउनु भएको छ । उहांले शहरमा जस्तो गांउमा घर भित्रै बस्न नपर्ने समेत बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलले सरकारले मुलुकभर लक डाउन सुरु गरेसंगै हरेक दिन सामाजिक संजाल मार्फत कोरोना कोभिड १९बिरुद्धको अभियान चालिरहनुभएको छ ।

 

 

    Comment Here!


सम्बन्धित समाचार

View All