ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको सङ्कटलाई कमाउने अवसरका रुपमा लिने ? भन्दै कड्कीए उपभोक्ता अधिकारकर्मी (भिडियोसहित)


admin
चैत्र ४, २०७६ मंगलबार   २ : २३   बजे

काठमाडौं, ४ चैत । नोवेल कोरोना भाइरसको त्रासको कारण बजारमा कतिपय उपभोग्य वस्तुको अभाव सुरु हुन थालेको छ । सरकारका निकायले कुनै पनि वस्तुको आयातमा कमी नभएको भने पनि आम आम सर्वसाधारणको त के कुरा कतिपय सांसदहरुले पनि बजारमा उपभोग्य बस्तु नपाएको गुनासो गरेका छन् ।

काठमाडौ उपत्यकाका ग्यास डिलरकहा जाने हो भने ग्यास पाउन मुस्किल छ । नेपाल आयल निगमले नियमित रुपमा ग्यास आपूर्ति बढाउदै लगिरहेको दाबी गरे पनि बजारमा अधिकांश ग्यास बिक्रेताहरुले ग्यास नै नआएको गुनासो गर्छन् । कोराना संक्रमणको त्रासले गर्दा आम उपभोक्ताले आवश्यकभन्दा बढी साम्रागी जोहो गर्न खोज्दा बजारमा नुन तेलदेखि खाद्यवस्तुको बिक्री बढिरहेको छ । आम सर्वसाधारणले त ग्यास पाएका  छैनन्, काठमाडौबाट निर्वाचित सांसदले समेतले ग्यास नपाएको गुनासो गर्न थालेका छन् ।

नेपाल आयल निगमले बिगतको भन्दा बढी ग्यास आइरहेको जनाएको छ । उपभोक्ताले आफ्नोमा खाली सिलिन्डर एकै पटक ल्याएका कारण ग्यासको अभाव भएको निगमको तर्क छ । अर्कातर्फ कोरोनाको कारण भारतसंगको नाका बन्द भयो भने आयातमा समस्या भएर अभाव हुने आम उपभोक्ताको बुझाइ रहेको छ । आयल निगमले ग्यास तथा अन्य बस्तुको आयात बढाउदै गए पनि किन आम उपभोक्ताले सहज रुपमा पाउन सकिरहेका छैन । आम सर्वसाधारणमा कोरोनाको क्रासले एक्कै पटक माग बढ्दा ब्यापारीहरुले समेत कालाबजारी गर्न थालेका छन । डिलरमा ग्यास हुदै हुदै पनि व्यपारीको मंहगोमा बेच्नका लागि लुकाउन सक्ने हुदा अनुगमनमा कडाई गर्नु पर्न जोडमा सांसदको जोड छ ।

अहिले नियमित रुपमा ग्यास आपूर्ति भइरहेको र खपतको तुलनामा ग्यास आयात बढीरहेकोले आम उपभोक्ताले अनावश्यक रुपमा भण्डार नगर्न निगमले भने पनि जनता विश्वस्त हुन सकिरहेका छैनन् । भारतबाट ग्यास लगायत पेट्रालियम पर्दाथको आयात निर्वाध रुपमा भइरहेकाले बजारको अभाव केही दिनका लागि मात्र हुने निगमको तर्क छ । यसरी आयल निगमले चाहिएको जति ग्यास दिइरहेको दाबी गरे पनि ग्यास उद्योगले आफना् बिक्रेतालाई मागअनुसार ग्यास नदिंदा पसल बन्द गरेर बसेका छन । आफनो पालोमा आएको ग्या“स एकै दिनमा सकिने भएपनि अर्काे पालो नपाउनेसम्म राजधानीका अधिकांश ग्यास बिक्रेताका पसल बन्द हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group