ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्र उम्मेदवारले पार्टीको झण्डा बोकेपछि वाम गठबन्धनको आपत्ति


admin

सल्यान १, मंसिर । सल्यानमा स्वतन्त्र उम्मेदवारले माओवादी केन्द्रको झण्डा बोकेर प्रचारप्रसार गरेपछि बाम गठबन्धनले आपत्ति जनाएको छ । स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई पार्टीको झण्डा बोक्ने कुनै अधिकार नभएको भन्दै पार्टीका नेताहरूले कार्यकर्तामा अन्योल र भ्रममा नपर्न आग्रह गरेका छन् ।

बिनाविभागीय मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतले वाम गठबन्धन विरुद्ध उम्मेदवारी दिएर पार्टीको झण्डा बोक्ने नैतिकता बागीलाई नभएकाले बागी उम्मेदवारका नाममा झण्डा बोकेर गाईजात्रा नदेखाउन चेतावनीसमेत दिनुभएको छ ।

“उहाँहरूले वाम गठबन्धनका विरुद्धमा बागी उम्मेदवारी दिनुभएको छ, चुनाव चिह्न अर्कै छ तर हँसिया हथौडा भएको झण्डा बोकेर अर्कै चुनाव चिह्नमा भोट माग्ने अधिकार कसले दियो ?” मन्त्री बस्नेतले भन्नुभयो ।

वाम गठबन्धनका उम्मेदवारहरू नै आधिकारिक उम्मेदवार भएकाले कतै भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । “दुवै पार्टी एकताको कुरा छ हामीले सल्यानको मात्रै चिन्ता गरेर हँुदैन देशभरि नै मिलाउँदा केहीले पाउने केहीले गुमाउने अवस्था आएकाले यसबाट निरास नहुन आग्रह गर्छु”, मन्त्री बस्नेतले भन्नुभयो ।
यता नेकपा (माओवादी केन्द्र) जिल्ला शाखाले पनि निर्णय गरेर नै आफ्ना आधिकारिक उम्मेदवार उठाएको जनाएको छ । वाम गठबन्धनले सल्यानलाई अन्याय गरेको भन्दै त्यसका विरुद्ध पार्टीको निर्णय बमोजिम उम्मेदवारी दिएकाले बागी उम्मेदवार भनेकाहरू नै आधिकारिक उम्मेदवार भएको दाबी गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले एक विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई भ्रममा नपरेर बागी उम्मेदवारलाई जिताउन अनुरोध गरेको छ । वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बस्नेतले नै आफूहरुलाई उम्मेदवारी दिन लगाएको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले दाबी गर्नुभयो । जिल्ला पार्टीको निर्णय बमोजिम नै उम्मेदवारी दिएकाले पार्टीको झण्डा बोक्नु कुनै नयाँ नभएको भन्दै समानुपातिक मत माग्नका लागि आफूहरूले पार्टीको झण्डा प्रयोग गरेको बुढाथोकीको भनाइ छ ।

बागी उम्मेदवारले समेत पार्टीको झण्डा बोकेर प्रचारप्रसार गरिरहेको भए पनि गठबन्धनमा यसले कुनै प्रभाव नपर्ने नेकपा (एमाले) जिल्ला सचिव रमेश गौतमले बताउनुभयो । “बागीहरूले झण्डा बोकेर प्रचारप्रसार गरिरहेको र यसले गठबन्धनलाई कुनै असर गर्दैन सल्यानका एक केन्द्र र दुई प्रदेशमा बागीहरूले जित्ने पक्का छ वाम गठबन्धनका कार्यकर्तामा हुने अन्योल चिर्न सक्षम छन्”, सचिव गौतमले भन्नुभयो ।

माओवादी केन्द्रले भने वाम गठबन्धनका विरुद्ध उम्मेदवारी दिएको भन्दै सल्यान जिल्लाका नौजना नेतालाई पार्टीको सदस्य नरहने गरी कारबाही गरेको यसअघि नै जानकारी गराइसकेको छ ।

जिल्लाको प्रदेश क मा गठबन्धनबाट गुलाबजंग शाह र बागीबाट भीमप्रसाद शर्मा, प्रदेश ख मा गठबन्धनबाट प्रकश ज्वाला र बागीबाट जीतबहादुर पुनले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रतिनिधिसभा सदस्यमा गठबनधनबाट टेकबहादुर बस्नेत तथा बागीबाट उमाकान्त शर्माले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

ट्रम्पलाई साउदी अरेबियामा भव्य स्वागत, खाडीका ३ देशबाट औपचारिक भ्रमण शुरू

बजेटमा आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्त्व दिन्छाैँ – अर्थमन्त्री पौडेल

राष्ट्रिय सभामा बहसः मल व्यवस्थापनदेखि काठ आयात प्रतिस्थापनसम्म

हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com