ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले राजदूत पुरीको तारिफ गर्दै किन दिए स्नेहोपहार ?


admin

काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लाग्नुभएका नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आज राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले बिदाइ भेट गर्नभयो । भेटका बेला दुई देशबीचको शताब्दीऔँ पुरानो सम्बन्ध, पारस्परिकि साझेदारी र सहकार्यलगायत समसामयिक विषयमा छलफल भएको थियो ।

कार्यकाल पूरा गरी भारत फर्किन लाग्नुभएका राजुदुत पुरीको नेपाल बसाइको समय ऐतिहासिक हिसाबले प्रभाव पार्ने काम अघि बढेको चर्चा गरिएको थियो । राजदुत पुरीको कार्यकालमा ढल्केवर प्रसारण लाइन,रक्सौल अमलेखगन्ज पाइपलाइन, हुलाकी राजमार्गले गतिलिएको थियो । उहाँकै अग्रसरतामा रक्सौल काठमाडौको सम्म्भावित अध्ययन सकेर काम अगाडि बढनुका साथै डुवान क्षेत्रको समस्या समाधानका लागि पनि काम अगाडि बढेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताउनुभयो ।

भेटमा प्रधानमन्त्री ओलीले मञ्जिव सिंह पुरीको कार्यकालमा धेरै भन्दा धेरै क्षेत्रमा ऐतिहासिक हिसाबले प्रभाव पार्ने काम भएको भन्दै उहाँको प्रसंसा गर्नुभएको थियो । भेटमा सीमा समस्या समाधानको बिषयमा वार्ताद्धारा छलफल अघि बढिरहेको पनि डा। भटराईले बताउनुभयो । प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई स्नेहोपहार पनि प्रदान गर्नुभएको थियो । दुवै भेटमा राजदूत पुरीका साथ उहाँकी श्रीमती पनि हुनुहुन्थ्यो ।

सोमबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँकै निवास बालुवाटारमा राजदूत पुरीले बिदाइ भेट गर्नुभएको थियो । सन् २०१७ को २६ मार्चदेखि भारतीय राजदूतको रुपमा सेवा गर्नुभएका उहाँ १ जनवरी २०२० मा स्वदेश फर्कदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com