काठमाडौं २४ कात्तिक । राजधानीको मुटु मानिने टुडिखेलको जग्गा अतिक्रमण बढ्दै गएपछि नागरिकहरुले विरोध जनाउदै आएका छन् । सा“स्कृतिक, ऐतिहासिक एवम् वातावरणीय महत्व रहेको टुँडिखेलको खुल्ला क्षेत्र आजभोली सीमित क्षेत्रको व्यवसायिक प्रायोजनको कर्म गर्ने थलो बन्दै गएको छ । टुँडिखेल =लाई स्वच्छ र खुला राख्न माग गर्दै नागरिकदेखि जनप्रतिनिधिसम्मको सहभागितामा राजधानीमा टुँडिखेल अकुपाई’ अभियान सुरु भएको छ ।
देशको केन्द्रबिन्दु राजधानी र राजधानीको केन्द्रमा रहेको टुँडिखेल, खुलामञ्चको खुला क्षेत्र आजभोली निर्माणका सामाग्री र पार्किङ गरिएका सवारी साधनहरुले भरिएको छ । यसस“गै टुँडिखेलमै टहरामा स–सानो मानवबस्ती नै बसिसकेको अवस्था छ भने, फोहोर र हिलोको थुप्रोले टुँडिखेलको सुन्दरता हराईसकेको छ भन्दा फरक नपर्ला π व्यापारिक एवम् स्वार्थपूर्तीको उद्येश्य राख्नेहरुले वर्षौदेखि टुँडिखेलको जग्गा मिच्दै आएका कारण आजको दिनमा टुँडिखेलको अवस्था यस्तो हुन गएको टुँडिखेल अकुपाई’ का अभियान्ताहरु बताउ“छन् ।
पहिलेको पुरानो बसपार्कलाई टुँडिखेल परिसरमा सारेदेखि नै टुँडिखेलको जग्गा अतिक्रमणको समस्या पैदा भईरहेको टुँडिखेल अकुपाई अभियानका संयोजक विजय श्रेष्ठ बताउंछन् । यसस“गै टुँडिखेलमा वीर अस्पतालको भवन निर्माणको सामाग्री भण्डारण भईरहेको छ । विभिन्न संघसंस्थाले टुँडिखेलको जग्गा दोहन गरिरहेका छन् । देशको आमूल परिवर्तनसग“ पनि जोडिएको भौतिक सम्पदा हो टुँडिखेल । यही टुंडिखेलबाट देशमा दुरदर्शी र परिपक्व नेताहरु पनि जन्मे । तर, कसैले पनि टुँडिखेलको ऐतिहासिक, सास्कृतिक र पर्यावरणीय महत्वलाई सम्मान गर्न नसकेको भन्दै अभियान्ताहरुले गुनासो पोखे ।
प्रतिक्रिया दिनुहोस्