ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीको प्रदुषणको प्रभाव काठमाडौंमा पनि, सचेत बन्न वातावरणविद्को सुझाव (भिडियोसहित)


admin

काठमाडौं २१ कात्तिक । भारतको राजधानी नया“ दिल्लीमा वायु प्रदुषणका कारण जनजीवन अस्तब्यस्त भएको छ । भारतको वायु प्रदुषणको प्रत्यक्ष प्रभाव नेपालको पश्चिमी तथा मध्य तराई क्षेत्रमा पनि परिरहेको छ । प्रदुषणका कारण वायुमण्डलमा धुवा र धुलोको चाप बढिरहेको छ । यसले मानव स्वास्थमा जोखिम ल्याएको विज्ञहरुले बताएका छन् ।

विभिन्न अध्ययनहरु अनुसार काठमाडौं विश्वकै ७ औं प्रदुषित शहरको सूचीमा छ । विश्व स्वास्थ्य संगठनको वातावरण संरक्षण नियमावली २०५४ ले तयार पारेको वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड पिएम् २ दशमलव ५ अर्थात् ४९ माईक्रोन प्रतिघनमिटर छ । तर विभिन्न अध्ययनहरुले देखाए अनुसार काठमाडौं उपत्यकाको वायु प्रदुषण अघिल्ला वर्षहरुमाभन्दा ५ गुणाले बढ्दै गईरहेको छ । पिएम् २ दशमलव ५ सूक्ष्मकणको व्यास २ दशमलव ५ माईक्रोनभन्दा कम हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । पछिल्लो समय भारतमा बढेको वायु तथा वातावरण प्रदुषणको असर पश्चिमी वायुस“गै नेपालसम्म पनि परेको छ । पञ्जाब र राजस्थान राज्यमा अन्नबाली स्याहारेपछि जलाइने डा“ठ–खोस्टाहरूको धुवा“को असरले दिल्ली प्रदुषित भएको छ ।

दिल्लीको प्रदुषित वायु एवं उत्तरप्रदेश र विहार राज्यमा हजारौंको संख्यामा रहेका इट्टाभट्टाबाट निस्कने धुवांधुलोले नेपालमा पनि असर गरेको वातावरणविद्हरु बताउ“छन् । हिउ“द र सुख्खा याममा थप जटिल असर पुग्ने गरेको वातावरणविद् गणेश शाहले बताए । यसका साथै भर्खरै सम्पन्न भएको छठ तथा दिपावलीमा पटेका तथा दिपको अत्याधिक प्रयोगका कारण पनि वायु प्रदुषण उच्च भएको साहले बताए । सरकारले उपत्यकामा ९ सहित देशका विभिन्न शहरहरुमा १९ प्रदषण मापन केन्द्रहरु स्थापना गरेको छ । तर, बढ्दो जनसंख्याको चाप, औद्योगीकरण, अव्यवस्थित शहरीकरण आदिका कारण अत्याधिक प्रदुषण हु“दा मापन यन्त्रहरु नै बिग्रिदै गईरहेको अवस्थामा छन् । वायु प्रदुषणकै कारण नेपालमा वर्षेनी १६ सय देखि २ हजार र विश्वभरमा लगभग १० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । वर्षमा झण्डै २७० दिन त उच्च प्रदुषणको मारमा नेपालीले जीवनयापन गरिरहेका छन् । जाडोयाममा वर्षा नहुंदा पनि प्रदुषणको मात्रा बढ्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता बताउंछन् । यसकारण जाडोयाममा विशेषगरी, वृद्धवृद्धा, महिला तथा बालबालिकामा मुटु तथा स्वाश्प्रश्वाससम्बन्धी रोगबाट पीडित हुने गर्छन ।

नेपालमा सुरक्षित मानिएको मापदण्डभन्दा हावाको गुणस्तर कुनै दिनमा चार गुणाभन्दा बढी खस्किएको पाइएको छ । नेपालको यो अवस्थामा छिमेकी मुलुकमै बढेको प्रदुषणले थप चुनौती बढाएको छ । तर, यसतर्फ सरकार तथा सम्बन्धित पक्षको ध्यान जान नसकेको वातावरणविद् साह बताउ“छन् । संयुक्त राष्ट्र संघको गतवर्षको तथ्यांक अनुसार विश्वका सबैभन्दा धेरै १५ प्रदुषित शहरहरुमध्ये १४ ओटा भारतमा रहेको उल्लेख गरेको छ । यसैपनि विभिन्न कारणवश प्रदुषण बढ्दै गईरहेको नेपालमा छिमेकी मुलुक भारतमा बढेको प्रदुषणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गम्भिर असर पुगिरहेको छ । तसर्थ, छिमेकी मुलक भारतबाट परिरहेको असरबाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न सम्बन्धित निकायले समयमै संवेदनशील भएर सोच्नुपर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com