ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीमा कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकास प्राथमकितामा


admin

पोखरा, २० कात्तिक । नेपाली काँग्रेस कास्कीले जिल्लालाई समृद्धि र विकासको मार्गमा लैजान कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट जिल्लामा बनेका उम्मेदवारको उपस्थितिमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाको घोषणापत्र सार्वजनिक गर्दै काँग्रेसले कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासका माध्यमबाट जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले कस्केली जनताको आय वृद्धि गर्दै प्रत्येक परिवारको जीवनस्तर उठाउने पार्टीको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि लगानीको विस्तार गर्दै सबैलाई रोजगारको अवसर उपलब्ध गराउने बताउनुभयो ।

तालहरूको संरक्षण, सडक सञ्जालको विकास तथा विस्तार, आवश्यक पुलको निर्माणलाई अघि बढाउने काँग्रेसले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले काँग्रेसको विजयबाट मात्रै संविधानको कार्यान्वयन र लोकतन्त्रको विकास हुने जिकिर गर्नुभयो ।

वाम गठबन्धनका नाममा देशलाई एक दलीय कम्युनिष्ट अधिनायकवादतर्फ लान खोजिएको बताउँदै उहाँले यसतर्फ प्रत्येक नेपाली सचेत बन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं २ का उम्मेदवार देवराज चालिसेले विकासका लागि स्थानीय आवश्यकताअनुसार समयसापेक्ष सोच र नवीनतम् प्रविधिको प्रयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ का उम्मेदवार शुक्रराज शर्माले पर्यटनको अत्यधिक सम्भावना बोकेको पोखराबाट लुम्बिनीका साथै उत्तरमा कैलाश मानसरोवरलाई जोड्नुका साथै आर्थिक विकास र समृद्धिलाई दृष्टिगत गरी महत्वपूर्ण योजनालाई काँग्रेसले अघि बढाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभातर्फका उम्मेदवार कास्की १ (क) का जीवन परियार, १ (ख) का कृष्ण केसी, २ (क) का गुरुप्रसाद बराल, २ (ख) का विन्दुकुमार थापा, ३ (क) का शारदा पौडेल र ३ (ख) का सिकन्दरकुमार गुरुङले जिल्लाभित्रका सम्भावनालाई उजागर गर्दै कास्कीलाई समृद्ध जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com