ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृष्णमन्दिरको पुनःनिर्माण छ महिनाभित्र


admin

काठमाडौँ, १९ कात्तिक । भूकम्पबाट क्षतिग्रस्त पाटनको कृष्ण मन्दिरको जीर्णोद्घार आगामी छ महिनाभित्र सम्पन्न हुने भएको छ ।
पुरातत्व विभागको सहयोगमा एक वर्षअघि जीर्णोद्घार थालिएको तीनतले सो मन्दिर करीब रु ८० लाखको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको काठमाडौँ उपत्यका संरक्षण कोषका देशीय निर्देशक रोहित रञ्जितकारले जानकारी दिनुभयो ।

मन्दिरको दोस्रो तलामा क्षति पुग्नाका साथै खम्बा पनि सरेका कारण मन्दिरका केही अंशको जीर्णाेद्धार थालिएकामा अहिलेसम्म मन्दिरको आधीभन्दा बढी काम सम्पन्न भइसकेको बताइएको छ । ढुङ्गा नै ढुङ्गाको प्रयोग गरी निर्मित उक्त मन्दिर विसं २०७२ को भूकम्पबाट केही खण्ड चर्केको थियो ।

विसं १६९३ मा पाटनका प्रथम राजा सिद्धिनरसिंह मल्लले शिखर शैलीमा निर्माण गरेको २१ गजुर भएको कृष्ण मन्दिरभित्र भगवान् कृष्ण तथा सत्यभामाका मूर्ति र दश अवतार, ‘रामायण’ र ‘महाभारत’का कथासंँग सम्बन्धित चित्र तथा मूर्ति र शिवलिङ्ग रहेको विभाग हेरचाह अड्डा पाटनका प्रमुख काजी प्याकुरेलले बताउनुभयो । उहाँका अनुसार मन्दिरमा दैनिक नित्यपूजाका साथै कृष्णाष्टमी र वैष्णव धर्मसँग सम्बन्धित एकादशीमा विशेष पूजा हुन्छ । कृष्णाष्टमीका दिन हरेक वर्ष राष्ट्राध्यक्षको उपस्थिति हुने गरेको छ ।

पाटन दरबारको आकर्षण

सुन्दरी चोकदेखि केशवनारायण चोक हुँदै पाटन संग्रहालयसम्मको मल्ल राजाबाट प्रत्यक्ष शासन चलाइँदै आएको पाटन दरबार स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्रका रुपमा विकास भइरहेको छ । संग्रहालयको रुप दिइएको दरबारमा १८ औँ शताब्दीका चक्रसम्भव र वज्रबाराही, १२औँ देखि १३औँ शताब्दीका पद्यपाणि लोकेश्वर तथा वसुन्धराको मूर्ति, १४ औँ शताब्दीका शाक्यमुनि बुद्ध र पार्वतीको १०८ रुपमध्ये एक मानिएको सिद्धिलक्ष्मीको मूर्ति पर्यटकको आकर्षणको केन्द्र रहेका छन् । त्यस्तै विसं २०३५ तिर फर्पिङमा पाइएको १३ औँ शताब्दीको इन्द्रको मखुण्डो, १७ औँ शताब्दीको हनु भैरवको मखुण्डो, चैत्य, स्वयम्भू स्तूप तथा बोधिसत्व र यमराज प्रमुख छन् ।

राजा सिद्धिनरसिंहकी रानीले चोखो पानी भर्ने गरेको सुन्दरी चोक, मूल चोक तथा तलेजु भवानीको मन्दिरमा पनि स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । राजा योगनरेन्द्र मल्लले “जबसम्म मेरो शिरमा रहेको चरा उडेर जाँदैन, तबसम्म म जीवितै रहेको ठान्नू” भनेको विश्वास गरिएको संग्रहालयका सूचना अधिकारी सुनिल भण्डारीले जानकारी दिनुभयो । त्यसैले उनका लागि खाटमा ओछ्यान लगाएर नजिकै हुक्का पनि राखिने गरिन्थ्यो भनिन्छ ।

हरेक वर्ष असोज महिनादेखि झण्डै तीन महिनासम्म विदेशी पर्यटकको भीड रहने दरबार क्षेत्र र पाटन संग्रहालयमा वार्षिक १० लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको संग्रहालयले जनाएको छ ।

विकास समिति ऐनअन्तर्गत विसं २०५४ मा स्थापित संग्रहालय यसअघि राष्ट्रिय धातुकला संग्रहालयका रुपमा रहेको थियो । सातौँ शताब्दीदेखि २०औँ शताब्दीसम्मका बहुमूल्य मूर्ति, धातु र मखुण्डो संग्रहालयमा प्रदर्शनीमा राखिएको छ । विशेष गरी पाटनका मूर्ति तथा कलाकृति बढी भए पनि काठमाडौँ उपत्यकासहित तिब्बत तथा तराई क्षेत्रलगायत देशैभरिका कलाकृति संग्रहालयमा छन् । भूकम्पबाट क्षतिग्रस्त कृष्ण मन्दिरको पुनःनिर्माण भूकम्प गएको एक सातापछि नै प्रारम्भ गरिएको, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ, तलेजु मन्दिरको दक्षिणी भाग र सुन्दरी चोकको पूर्वी भागको पनि निर्माण पूरा भएको छ । ती सबै मन्दिरको पुनःनिर्माण कोषले गरिरहेको र उसले नै पुनःनिर्माण गरिरहेको मणिमण्डपको पुनःनिर्माण पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com