काठमाडौं, ३१ भाद्र । प्रतिनिधिसभामा बांके क्षेत्र नम्बर ३ का सदस्य नन्दलाल रोकायाले अन्यापुर्ण सहमती आफुलाई मान्य नहुने बताएकाछन् ।
एबिसी न्युजको टेलिफोन सम्पर्कमा आएका सांसद रोकायाले कसुर नै नगरेका वडा अध्यक्षलाई फंसाएर संसद सुचारु गराउने सहमतीबारे आफुलाई थाहा पनि नभएको र आफुले मान्न पनि नमान्ने बताए ।
बांकेको खजुरा गांउ पालिकामा नेपाली कांग्रेसले संचालन गरेको जागरण कार्यक्रममा नेकपा कार्यकर्ताले बिथोलेको र कुटपिट गरेको भन्दै कांग्रेसले प्रतिनिनिधी सभा अवरुद्ध गर्दै आएको छ । खजुरा गांउपालिका १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको भन्दै मल्ल बिरुद्ध किटानी जाहेरी दर्ता गर्ने सहमती भएपछि हिजो संसद चल्न दिन कांग्रेसले मन्जुर भएको थियो । तर नेकपा सांसद रोकायाले ध्याध्यापे समय मागेर सहमतीको कडा प्रतिबाद गरेपछि कांग्रेसले पुनः संसद अवरुद्ध गरेको छ ।
सभामुखसंग सहमती लिएर नै आफुले संसदमा बोलेको बताउंदै सांसद रोकायाले पार्टीले निर्देशन दिए पनि अन्यायपुर्ण सहमती आफुले नमान्ने बताए । रोकायाका अनुसार कांग्रेस कार्यक्रममा आक्रमण भएको भन्ने कुरा नै गलत हो । कांग्रेस कै कार्यकर्ता भुवन थापा र अस्लम भाटको झगडालाई राजनितीक रङ्ग दिएर कांग्रेसले निहु खोजेको रोकायाको भनाई छ । ३ जना केटाहरुले २ सय जना कांग्रेस कार्यकर्तालाइै छिचोलेर पार्टी सभापतिको हात भांचिदिएको तर्क नै हास्यास्पद भएको उनले बताए । कांग्रेसले नेकपा कार्यकर्ताको आक्रमणबाट बांके कांगे्रस सभापति किरण कोईरालाको हात भांचिएको बताएको छ ।
सोमबार दुईदल बिचको सहमती टोडिएको बिषयमा आफुलाई पार्टीले केहि नबताएको भन्दै उनले निर्दोश कार्यकर्तालाई फंसाउन खोजिए आफु फेरी पनि संसदमा पटक पटक बोल्न तयार रहेको बताए ।



















प्रतिक्रिया दिनुहोस्