ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ राजधानीमा डेंगुको महामारी, सरकारी अस्पतालमा डेंगु जांच्ने साधन छैन [ भिडीयो सहित ]


sharan sharan
भाद्र २३, २०७६ सोमबार   ११ : ०४   बजे
फोटो : दिनेश श्रेष्ठ

बुटवल, २३ भाद्र । डेंगुको संक्रमणले महामारी फैलिरहेका बेला रुपन्देहीमा सरकारी निकायसंग डेंगु संक्रमित बिरामीहरुको वास्तबिक तथ्यांक समेत नभएको पाईएको छ । जिल्लामा २ सय बढी बिरामीहरुले डेंगुको उपचार गराईरहेको भएपनि जिल्ला जन स्वास्थ्य कार्यालय भने ८५ जना बिरामी रहेको तथ्यांक लिएर बसेको छ ।
मुलुकका अधिकांस भागमा डेंगुको संक्रमीत बिरामी देखिरहेका बेला रुपन्देहीमा पनि डेंगुले महामारीको रुप लिएको छ । जिल्लामा फैलिएको डेंगु संक्रमणबाट १ जनाको ज्यान गएको छ भने सयौंको संख्यामा अहिले पनि अस्पतालमा उपचार गराईरहेका छन् । कतिपय संञ्चार माध्यमहरुमा ६० देखि ६५ जनालाई मात्र डेंगुको संक्रमण भेटिएको समाचार आएपनि रुपन्देहीको वास्तबिक अवस्था भने कहाली लाग्दो देखिएको छ । सरकारी र निजी अस्पताल गरि २ सय बढी डेंगुको बिरामी जिल्लामा उपचारको क्रममा रहेको पाईएको छ । रुपन्देहीमा सोमबार सम्ममा सबै भन्दा बढी बुटवल अस्पताल प्रा.लिमा ५८ र लुम्बिनी प्रादेशीक अस्पतालमा ५२ जना बिरामीले उपचार गरिरहेको भेटिएको छ ।
जिल्लाका अधिकांस अस्पतालहरुमा डेंगुका बिरामी भेटिएपनि लुम्बिनी प्रादेशीक अस्पतालमा भने ५२ जना बिरामीमा मात्र डेंगुको जिवाणु देखिएको अस्हपतालका प्रमुख डाक्टर कृष्ण खनाल बताउंछन् । डाक्टर खनालले बजारमा सुनिएजस्तो महामारी नभएको बताउंछन् । खनाल मेडिकल सुपरिटेण्डेन्ट रहेको लुम्बिनी प्रादेशीक अस्पतालमा डेंगु परिक्षण गर्ने रेपिट डिटेक्सन किड पर्याप्त नहुंदा अनुमानका भरमा बिरामीलाई डेंगुको उपचार गर्ने गरेको पाईएको छ । जिल्ला जन स्वास्थ्य कार्यालयले डेंगु परिक्षणका लागि आवश्यक रेपिट डिटेक्सन किड उपलब्ध नगराईदिंदा अनुमानको भरमा उपचार गर्ने समेत पाईएको हो । रेपिट डिटेक्सन किड नपाएपछि अस्पतालले प्लेटेट काउण्ट १ लाख भन्दा कम र डब्लुबीसी ४ हजार भन्दा कम भएका जो कोहिलाई डेंगु भएको अनुमान गर्ने गरेको छ । अस्पतालमा हरेक दिन ४० देखि ५० जना डेंगुको लक्षण देखिएका बिरामी आएपनि भाद्र महिनामा जन स्वास्थ्यले जम्मा १०० थान मात्र किड पठाएको अस्पतालका प्याथलोजिष्ट डाक्टर प्रभाकर चौधरी बताउंछन् ।

फोटो : दिनेश श्रेष्ठ

शहरका सबै अस्पतालहरुमा डेंगुका बिरामीले भरिभराउ हुंदा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही संग भने अहिले सम्म जिल्लामा ८५ जना मात्र डेंगुको बिरामी रहेको तथ्यांक रहेको छ । जन स्वास्थ्य प्रमुख डाक्टर राजेन्द्र कुमार गिरिले औपचारीकरुपमा ८५ जनाको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयमा आएको बताए । बुटवल र भैरहवामा संचालित निजी अस्पताल तथा प्याथलोजिहरुमा २ सय ६० बढी डेंगुका बिरामीहरुले उपचार गराईरहेको पाईएको छ । बुटवल स्थित बुटवल अस्पताल प्रालिमा ५८ जना, लुम्बिनी प्रादेशीक अस्पतालमा ५२ जना, लुम्बिनी सिटी अस्पतालमा २५ जना, लुम्बिनी नर्सिंङ होममा २० जना, चौराहा अस्पतालमा १५ जना, मर्सिसिटी अस्पतालमा १२ जना, युनिभर्सल मेडिकल कलेज भैरहवामा १० जना, तिलोत्तमा अस्पताल बुटवलमा ९ जना, लुम्बिनी मेडिकल कलेज प्रबासमा ८ जना, देबदह मेडिकल कलेजमा १ जना डेंगुका बिरामी भेटिएका छन् । नेशनल प्याथ ल्याबमा ४३ जना, नेशनल रिफेन्स ल्याबमा ६ जना तथा मेडिक्रस डाईग्नोसिस सेण्टरमा १५ जना डेंगु भएको बिरामी भेटिएको ल्याबहरुले राखेको तथ्यांकमा देखिएको छ ।
रूपन्देहीमा आर्थिक वर्ष २०६७।०६८ मा पहिलोपटक डेंगुका बिरामी फेला परेका थिए । उक्त वर्ष रूपन्देहीमा मात्रै ४ जनाको मृत्यु भएको थियो । त्यस्तै ०७३।०७४ र ०७४।०७५ मा २।२ जना गरी ४ जनाको मृत्यु भएको थियो ।

सरकारी निकायको तदारुकता नभएको र अस्पतालहरुले समयमा प्रतिबेदन नबुझाउने गरेकाले सरकारी निकायबाट आएको तथ्यांक फरक देखिएको प्राइभेट हेल्थ ईन्स्टीच्युशन अफ नेपाल, लुम्बिनीका उपाध्यक्ष मुक्ति पौडेल बताउंछन् । निजी अस्पताल र चिकित्सकको सल्लाहमा घरमै उपचार गरिरहेका डेंगु संक्रमीतहरुको संख्या अझै ठुलो हुन सक्ने उपाध्यक्ष पौडेलको अनुमान छ ।
डेंगुका बिरामीहरुले अस्पताल भरिभराउ भईसक्दा सरकारका स्वास्थ्य मन्त्री डेंगु बिरुद्ध सेना परिचालन गर्ने गफ दिईरहेकाछन् । सरकारी अस्पतालमा डेंगु पहिचान गर्ने किड नदिएका कारण बिरामीहरु या त अनुमानका भरमा उपचार गराईरहेकाछन् या महङ्गो निजी अस्पताल जान बाध्य छन् । स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा स्वास्थ्य मन्त्रालयको मौनता कहिले सम्म ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group