ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् व्यवस्थापनमा सहकार्य र ऐक्यबद्धता आवश्यक– गृहमन्त्री थापा


एबीसी न्यूज

 

काठमाडौं, २६ जेठ । गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न दक्षिण एशियाली मुलुकबीच आपसी सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताउनुभएको छ ।

आजदेखि यहाँ शुरु भएको ‘विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन’को उद्घाटनका क्रममा उहाँले यो समस्या कुनै स्थानीय तह वा एउटा देशको मात्र नभइ सम्पूर्ण विश्वको समस्या हो भन्नुभयो ।

गृहमन्त्री थापाले विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तन जस्ता विषय राष्ट्रको विकाससँग जोडिएको उल्लेख गर्दै यसमा आइपर्ने चुनौती समाधानमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । विकसित देशका विकास नीतिको परिणाम प्राकृतिक विपद् र जलवायु परिवर्तनमा समस्या उत्पन्न भएको बताउँदै उहाँले विद्यमान नीतिलाई निरन्तरता दिने कि परिवर्तन गर्ने आजको प्रमुख प्रश्न हो भन्नुभयो ।

उहाँले विकासशील राष्ट्रले जलवायु परिवर्तनमा नखाएको विष लागेको भन्दै यसका विरुद्ध दक्षिण एशियाली मुलुकहरुबीच ऐक्यबद्धता र सहकार्य गरी आवाज उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । दुई दिनसम्म हुने सम्मेलन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एशिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले स्थानीय तहसँगको सहकार्यले पुनःनिर्माणमा तीव्रता आउनुका साथै सहज भएको उल्लेख गर्नुभयो । साथै उहाँले भूकम्पपछिको पुनःनिर्माणका उपलब्धि र त्यसको दिगोपनासम्बन्धी विशेष प्रस्तुति दिनुभएको थियो ।

सम्मेलनमा नेपालका करीब ४५, माल्दिभ्सि र भुटान बाहेक दक्षिण एशियाली मुलुकका २५ गरी कूल ७० स्थानीय तहका जनप्रतिनिधि र स्थानीय सरकार विषयका विज्ञको सहभागिता छ । सम्मेलनमा विभिन्न मुलुकका सहभागी विज्ञले विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकाका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

सम्मेलनका विभिन्न सत्रमा विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, गाउँपालिका र नगरपालिका प्रमुखको प्रस्तुति रहने छ । विपद्, पुनःनिर्माण लगायतका विषयमा तुलनात्मकरूपमा अनुभव आदानप्रदान गर्ने र भावी रणनीति बनाउन सहयोग पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनःनिर्माणले फड्को मारेको र प्राप्त उपलब्धि तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायलेसमेत सिक्न सकुन भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com