ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल क्षेत्रको विकासले मात्रै समृद्धि सम्भव– मन्त्री विश्वकर्मा


एबीसी न्यूज
जेष्ठ २४, २०७६ शुक्रबार  ८ : ४१ बजे

 

काठमाडौं, २४ जेठ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासले मात्रै देशमा समृद्धि सम्भव रहेको बताउनुभएको छ ।

एभरेष्ट क्लब चितवनले आजदेखि शुरु गरेको पाँचौँ चितवन च्याम्पियनसीप २०७६ को उद्घाटन गर्दै खेल क्षेत्रको विकासका लागि सरकार लागि परेको बताउनुभयो ।

मोफसलमा हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । खेल क्षेत्रलाई अघि वढाएर प्रतिस्पर्धी बनाउन सरकार लागी परेको भन्दै उहाँले नेपाली खेलाडीले प्रतिकूलताका बाबजुद् पनि खेलिरहेको बताउनुभयो ।

सरकारले खेलाडीको योगदानको कदर गर्दै आजीवन भत्ताको व्यवस्था गरेको उहाँको भनाइ थियो । खेलाडीको भविष्य सुनिश्चित नभएसम्म युवा पुस्ताको खेलतर्फ आकर्षण बढ्न नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “खेल क्षेत्रमा युवा पुस्ताको आकर्षण घट्यो भने खेलाडीले देशका लागि खेल्न सक्दैनन ।” राज्यले खेलाडीको स्वास्थ्य, जीवन, दुर्घटना बीमालगायतका काम गरिदिने बताउँदै उहाँले खेललाई व्यावसायिक र पेशाको रुपमा अघि बढाउन आवश्यक छ भन्नुभयो ।

कार्यक्रममा चितवन जिल्ला फुटबल सङ्घका अध्यक्ष श्रीकृष्ण कार्की, क्लबका सल्लाहकार सन्तोष पनेरुलगायतले बोल्नुभएको थियो । प्रतियोगितामा चितवनका आठसहित १६ समूहको सहभागीता रहेको छ । आजको पहिलो खेल भरतपुर फुटबल क्लब र साविक विजेता गैँडाकोट फुटबल क्लबबीच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

अमेरिकाको दृष्टिमा बालेन्द्र शाह सरकार : अवसरभन्दा बढी चुनौती ? (पूर्णपाठ)

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com