ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको दृष्टिमा बालेन्द्र शाह सरकार : अवसरभन्दा बढी चुनौती ? (पूर्णपाठ)


एबीसी न्यूज
बैशाख १, २०८३ मंगलबार  ८ : २७ बजे

काठमाडौं | नेपालको पछिल्लो राजनीतिक परिवर्तनपछि अमेरिकाले बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारलाई कसरी हेरेको छ ?
अमेरिकी कंग्रेसनल रिसर्च सर्भिस को हालै सार्वजनिक रिपोर्टले यही प्रश्न उठाएको छ — र यसले अवसरभन्दा बढी भूराजनीतिक र आर्थिक चुनौतीहरू औंल्याएको छ।

🗳️ चुनावपछि आएको ‘नयाँ राजनीति’

५ मार्च २०२६ को निर्वाचनले नेपालमा ठूलो राजनीतिक उलटफेर ल्यायो।
राष्ट्रिय स्वतन्त्र पार्टी ले २७५ मध्ये १८२ सिट जित्दै परम्परागत दलहरूलाई पछाडि पार्यो।

यो परिणाम केवल चुनावी जित मात्र होइन —
👉 पुराना दलप्रति जनताको असन्तुष्टि र परिवर्तनको चाहना को स्पष्ट संकेत थियो।

⚠️ अमेरिकाले देखेका मुख्य चुनौती

१. 🧭 अस्पष्ट विदेश नीति

रिपोर्टअनुसार नयाँ सरकारको विदेश नीति अझै “अनिर्णीत” अवस्थामा छ।
नेपालले भारत, चीन र संयुक्त राज्य अमेरिका बीच सन्तुलन कसरी राख्छ भन्ने मुख्य चासोको विषय बनेको छ।

👉 अमेरिका प्रतीक्षा गर्दैछ — नेपाल “सन्तुलित कूटनीति” मा कति व्यावहारिक हुन्छ ?

२. 💼 आर्थिक दबाब र संकट

रिपोर्टले नेपालका आर्थिक चुनौतीहरू पनि औंल्याएको छ:

  • उच्च बेरोजगारी
  • खाडी मुलुकबाट फर्किएका कामदार
  • रेमिट्यान्समा गिरावट
  • ऊर्जा अभाव

यसमा थपिएको छ मध्यपूर्व तनाव, विशेष गरी इरान सम्बन्धी द्वन्द्वको असर।

३. 🏗️ चीनसँगको सम्बन्ध र बीआरआई

चीन को Belt and Road Initiative (BRI) परियोजनाहरू नेपालमा सुस्त गतिमा छन्।

👉 प्रश्न उठ्छ:
नयाँ सरकारले यी परियोजनालाई तीव्र बनाउँछ कि पुनर्विचार गर्छ ?

४. 💵 अमेरिकी सहयोगमा उतार–चढाव

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा उतार–चढाव देखिएको छ:

  • २०२५ मा केही सहायता कार्यक्रम रद्द
  • पछि पुनः निरन्तरता
  • लगानीमा थप वृद्धि

👉 यसले देखाउँछ — अमेरिका पनि नेपालप्रति अनिश्चित तर चासोपूर्ण अवस्थामा छ।

५. 🧍‍♂️ तिब्बती शरणार्थी मुद्दा

अमेरिकाको नेपाल नीति भित्र
👉 तिब्बती शरणार्थीको संरक्षण महत्वपूर्ण विषय हो। तर चीन को दबाबका कारण यो मुद्दा झन् संवेदनशील बनेको छ।

⚡ आन्तरिक राजनीति : सम्भावित तनाव

रिपोर्टले चेतावनी पनि दिएको छ —
👉 बालेन्द्र शाह र पार्टीभित्रकै नेतृत्वबीच भविष्यमा मतभेद हुन सक्छ।

कारण:

  • नयाँ पार्टीको संरचना
  • विविध विचारधारा
  • शासन सञ्चालनको अनुभवको अभाव

अवसर कि जोखिम ?

अमेरिकी दृष्टिकोण स्पष्ट छ:

👉 नेपाल अहिले “अवसर र अनिश्चितताको मोड” मा उभिएको छ।

  • यदि सुधार सफल भयो → नयाँ राजनीतिक मोडेल
  • यदि असफल भयो → अस्थिरता र शक्ति संघर्ष

अन्तिम सन्देश

यो रिपोर्टले एउटा गम्भीर प्रश्न उठाउँछ:

👉 के बालेन्द्र शाह नेतृत्वको सरकार अपेक्षा अनुसार सुधार गर्न सक्षम छ ? या भूराजनीतिक दबाबमै अल्झिन्छ ?


नेपालमा संसदीय चुनाव
मार्च ३१, २०२६

भारत र जनवादी गणतन्त्र चीनको बीचमा अवस्थित निम्न मध्यम आय भएको दक्षिण एसियाली मुलुक नेपालले ५ मार्च २०२६ मा संसदीय निर्वाचन सम्पन्न गर्‍यो। युवाहरुको नेतृत्वमा भएको प्रदर्शनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको ६ महिनापछि चुनाव भएको हो। २०२४ मा चौथो पटक प्रधानमन्त्री भएका ओली र राजनीतिक संस्थापनसँग प्रदर्शनकारीहरुले निराशा प्रकट गरेका थिए। सुरुमा प्रदर्शन शान्तिपूर्ण भयो। तर, पछि त्यसले व्यापक अशान्तिको रूप लियो। संस्थापन पक्षीय राजनीतिक शक्तिहरुलाई नकार्दै मार्च ५ को चुनावले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्णायक जित दिलायो। २०२२ मा स्थापना भएको यो मध्यपन्थी पार्टी तुलनात्मक रूपमा नयाँ हो। काठमाडौँका पूर्वमेयर बालेन्द्र शाहले मार्च २७ का दिन रास्वपा सरकारको प्रधानमन्त्रीको शपथ लिए।

पृष्ठभूमि
नेपाल २००८ मा राजतन्त्र उन्मूलनसँगै गणतन्त्र बन्यो। त्यसको दुई वर्षअघि १० वर्ष लामो माओवादी विद्रोह समाप्त भएको थियो। नेपालको सरकारले पूर्वविद्रोहीहरुलाई राजनीतिक व्यवस्थाभित्र ल्यायो र निष्पक्ष निर्वाचनमार्फत शान्तिपूर्ण सत्ता हस्तान्तरण भयो। तर, राजनीतिक सम्भ्रान्तहरुको निरन्तर बदलिइरहने गठबन्धनले स्थिर सरकार बन्न दिएन। २०१५ देखि २०२५ सम्ममा तीन जना प्रधानमन्त्रीले आठ वटा सरकारको नेतृत्व गरे। संसदीय गठबन्धन बदलिँदै जाँदा उनीहरु आलोपालो प्रधानमन्त्री बनिरहे। त्यहीबेला देशले लगातार आर्थिक चुनौतीहरुको सामना गर्नु पर्‍यो।

४ सेप्टेम्बर २०२५ मा नेपाल सरकारले सामाजिक सञ्जाल नियमन गर्न बनाइएको कानुन पालना नगरेका २६ सामाजिक सञ्जाल प्लाटफर्म बन्द गरिदियो। यो कदमका कारण सेप्टेम्बर ८ मा विशाल प्रदर्शन भयो। अधिकांश युवा सम्मिलित दसौँ हजार प्रदर्शनकारी काठमाडौँमा भेला भए।

यो प्रदर्शनले ठूला राजनीतिक दलप्रति मानिसहरुको असन्तुष्टिलाई उपयोग गर्‍यो। प्रदर्शनकारीहरुले भ्रष्टाचारविरुद्ध आक्रोश व्यक्त गरे। खासगरी केही अधिकारीहरुका सन्तानको विलासी जीवनको चर्चा भयो। सुरुको शान्तिपूर्ण प्रदर्शन प्रहरीले गोली चलाएपछि व्यापक अशान्तिमा परिणत भयो। त्यही साँझ सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने घोषणा गर्‍यो। तर, सेप्टेम्बर ९ मा पनि प्रदर्शन जारी रह्यो। र, सरकारी भवन तथा अन्य निसानामा आगजनी भयो। त्यो दिन दिउँसो प्रधानमन्त्री ओलीले राजीनामा दिए। कम्तीमा ७५ जनाको ज्यान गयो र २ हजारभन्दा बढी घाइते भए। ५८.६ करोड डलरको आर्थिक क्षति भएको अनुमान छ।

विरोध प्रदर्शनका क्रममा बालेन भनेर चिनिने बालेन्द्र शाह सम्भावित नयाँ नेताका रूपमा उदाए। सिभिल इन्जिनियर र र्‍यापर उनी २०२२ मा काठमाडौँका मेयर बनेका थिए। ३५ वर्षीय शाहले प्रदर्शनकारीको समर्थन गरे। तर, केहीको भनाइ अनुसार नेपालको अन्तरिम प्रधानमन्त्री बन्ने प्रस्तावलाई उनले अस्वीकार गरे। 

प्रदर्शनकारी अगुवाहरुले डिस्कर्डमा गरेको अनलाइन मतदानले नेपालकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा चुन्यो। सेप्टेम्बर १२ मा कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा शपथ लिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरे र ५ मार्च २०२६ का लागि निर्वाचन घोषणा गरे।

चुनावको नतिजा
स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँको मेयर बनेका शाह रास्वपामा सहभागी भएर चुनावमा उठे। यसलाई केही विश्लेषकले ‘सुविधा हेरेर गरिएको गठबन्धन’को संज्ञा दिएका छन्। २७५ सिटको तल्लो सदनमा रास्वपाले १८२ सिट जितेर गत २० वर्षमा नेपालको संसदीय राजनीतिमा प्रभुत्व जमाएका दलहरुलाई निकै पछाडि छाडिदियो। नेपाली कांग्रेसले ३८ सिट जित्दा एमालेले २५ र नेकपाले १७ सिट हात पारे। रास्वपा दुई तिहाइ बहुमतबाट मात्र २ सिट टाढा रह्यो। १९९९ यता एउटै दलले संसदमा बहुमत ल्याएको यो पहिलो घटना हो। शाहले एमालेका ओलीलाई काठमाडौँ निर्वाचन क्षेत्रमा सहजै पराजित गरे (तथ्य गलत छ, उनीहरुबीच झापा ५ मा प्रतिस्पर्धा भएको थियो)। अन्य कयौँ वरिष्ठ नेताहरु रास्वपा उम्मेदवारसँग पराजित भए।

सम्भावना
मार्चको चुनावले मतदाताहरुको परिवर्तनको चाहनालाई व्यक्त गर्‍यो। त्यो नयाँ अवसरका साथै शाह र रास्वपाका लागि सम्भावित चुनौती पनि हो। शाहले संस्थापनविरोधी हस्ती र सुधारवादीका रूपमा लोकप्रियता कमाए। तर, मेयरका रूपमा उनको प्रदर्शन मिश्रित रहेको केही विश्लेषकहरुले बताए। शासन कसरी चलाउने भन्ने विषयमा शाहसँग विस्तृत योजना नभएको केही मानिसहरुको भनाइ छ। शाह परम्परागत सञ्चारमाध्यममार्फत नभई मुख्यगरी फेसबुक पोस्टमार्फत आफ्ना कुरा भन्छन्।

केही विश्लेषकहरु शाह र रास्वपा नेतृत्वबीच तनावको सम्भावना देख्छन्। एक विश्लेषकले भने, ‘रास्वपा एउटा त्यस्तो छाता संगठन हो, जसले शासकीय सुधारमा केन्द्रित टेक्नोक्र्याटिक भिजन अन्तर्गत स्थापित दलहरुसँग असन्तुष्टहरुलाई एकैठाउँ ल्याउँछ।’ सत्ता सम्हालेपछि नयाँ सरकारले शासकीय सुधारका लागि सय बुँदे कार्यसूची सार्वजनिक गरेको छ। भ्रष्टाचारसँग लड्न र सेप्टेम्बर २०२५ को हिंसाका लागि उत्तरदायित्व खोज्न शाहले कुन शैली अपनाउँछन् भन्ने कुराले उनको सरकारप्रतिको जनताको धारणालाई प्रभावित पार्न सक्छ।   

रास्वपाका नयाँ सरकारसामु अनेकौँ आर्थिक तथा भूराजनीतिक चुनौती छन्। जसमा उच्च बेरोजगारी, इरानमा अमेरिकी र इजरायली सैन्य कारबाहीका कारण खाडी मुलुकबाट फर्केका आप्रवासी कामदार र रेमिट्यान्सको प्रवाहमा अवरोध तथा ऊर्जा अभावजस्ता चुनौती सामेल छन्।

कंग्रेसका लागि मुद्दा
नेपाल आफ्ना दुवै विशाल छिमेकी भारत र चीन अनि अमेरिकासँग सम्बन्ध राख्छ। केही विश्लेषकहरु शाहले राष्ट्रिय हितमा केन्द्रित व्यावहारिक विदेशनीति अपनाउने भविष्यवाणी गर्छन्। अन्यको भनाइमा नयाँ सरकारको विदेशनीति अझै पनि ‘अनिर्णीत सवाल’का रूपमा कायम छ। यसबाट अमेरिकाका लागि कस्ता अवसर र चुनौती आउन सक्छन् भनेर कंग्रेसले मूल्यांकन गर्न सक्छ। रास्वपाको शीर्ष नेतृत्वले ‘विकास कूटनीति’मा केन्द्रित ‘सन्तुलित र स्वतन्त्र’ विदेशनीति अपनाउने वाचा गरेको छ। चीनको बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गतका पूर्वाधार परियोजनाहरुमा यसको अर्थ के हुन्छ, स्पष्ट छैन। ती परियोजनाहरुको प्रगति नेपालमा एकदम ‘सुस्त’ छ।

समाचारअनुसार ट्रम्प प्रशासनले २०२५ मा नेपालमा ३२.९ करोड डलरको वैदेशिक सहायता कार्यक्रम रद्द गरिदिएको छ। उसले सुरुमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना पनि रोकिदिएको थियो। फेब्रुअरी २०२५ मा विदेशमन्त्री मार्को रुबियोले एमसीसीको नेपाल कम्प्याक्टलाई ९० दिन विदेशी सहायता रोक्ने कदमबाट छुट दिए। अमेरिकी प्रशासनले जुलाई २०२५ मा नेपालमा एमसीसी परियोजना जारी रहने घोषणा गर्‍यो। नोभेम्बर २०२५ मा सो कम्प्याक्टमा संशोधन गर्दै लगानी ५ करोड डलरले वृद्धि गरिएको छ।

नेपालमा रहेका तिब्बती शरणार्थीलाई सहयोग गर्नु लामो समयदेखि अमेरिकाको नेपाल नीतिको एउटा हिस्सा रहँदै आएको छ। चीन सरकारले नेपालमा तिब्बतीहरुको अभिव्यक्ति तथा भेला हुने स्वतन्त्रता रोक लगाउन नेपाल सरकारलाई दबाब दिएको बताइन्छ। आर्थिक वर्ष २०२६ मा कंग्रेसले तिब्बतबाहिरका तिब्बतीहरुका लागि १.३ करोड डलर रकम छुट्याएको छ, जसको एउटा हिस्सा नेपालका तिब्बतीहरुको सहयोगमा खर्च हुन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com