
झापा,१३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।
नेत्रविक्रम चन्द विप्लवले बन्दलाई सफल बनाउन देशभर बम आतंक मचाइरहेको अवस्थामा झापामा पनि सोमबार दिउँसो दुई स्थानमा शंकास्पद वस्तु फेला परेको जनाइएको छ ।
प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत दमकको रतुवा पुल नजिकैमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

राजमार्गमै शंकास्पद वस्तु फेला परेपछि सडक अवरुद्ध बनेको छ । त्यस्तै गौरदाह १ स्थित निर्माणाधिन ट्राफिक पोष्ट नजिकै शंकास्पद वस्तु फेला परेको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार दुवै स्थानमा सुरक्षाकर्मी परिचालन भईसकेको र चाराआलीस्थित नेपाली सेनाको बम डिस्पोज टोली घटनास्थल तर्फ गइरहेको छ ।
विप्लवको बन्दका कारण झापामा सुरक्षा व्यवस्था कडा बनाएपनि दुई स्थानमा शंकास्पद बस्तु फेला परिसकेको छ । बन्दका कारण झापामा आंशिक प्रभाव परेको छ, भने लामो दुरीका सवारीसाधन ठप्प छ । शैक्षिक संस्था बन्द भएपनि पसलहरु खुल्ला रहेको जनाइएको छ ।



















प्रतिक्रिया दिनुहोस्