
विराटनगर ,१३ जेठ । सत्तारुढ नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको बताउनु भएको छ ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताउनु भएको छ ।
दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने पनि उहाँले बताउनु भयो । अध्यक्ष प्रचण्डले यतिबेला सबै मिलेर विकास निर्माण र समृद्धितिर समाजवादको नयाँ ढंगले तयारी गर्न्तिर लाग्नुपर्नेमा जोड दिनु भयो । सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द समूहको गतिविधि अब धेरै अघि नजाने समेत बताउनु भयो ।
‘



















प्रतिक्रिया दिनुहोस्