
काठमाडौं,११ जेठ । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले जनतासँग गरिएको प्रतिवद्धता अनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग गरेको छ ।
स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जनतासँग गरिएको प्रतिवद्धता पूरा नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन सरकारसँग माग गरेको हो ।
काम नगर्ने तर पदमा रहिरहने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग गरिएको अभियानका संयोजक स्वागत नेपालले जानकारी दिनु भयो । अभियानले स्रोत नखुलेको नेताहरुको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।
नयाँ भन्ने तर पूरानै तौरतरिकाले चलेर मुलुक नबन्ने उल्लेख गर्दै अभियानका संयोजक नेपालले त्यस्ता राजनीतिक दलहरुको विकल्प खोज्न पनि सर्वसाधारणलाई अपिल गर्नु भयो । अभियानले संघीयताको नाममा दोहोरो कर लगाएर जनतालाई मारमा नपार्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।



















प्रतिक्रिया दिनुहोस्