
काठमाडौं,११ जेठ । सगरमाथाको चुचुरो चुम्न सफल लीलबहादुर बस्नेतलाई त्रिभुवन विमानस्थलको आन्तरिक उड्डयन कक्ष बाहिर आफन्त र शुभेच्छुकहरूले भव्य स्वागत गरेका छन ।
सगरमाथाको कीर्तिमान राख्न सफल बस्नेतलाई शनिबार बिहान राष्ट्रिय झण्डासहित फूलमाला र अबिरले स्वागत गरिएको हो । आरोही बस्नेत शनिबार बिहान करीव दश बजे त्रिभुवन विमानस्थलको आन्तरिक कक्षमा आइपुगेका थिए ।
सहयोगी बिनै एक्लै सगरमाथाको चुचुरोमा पुगेका बस्नेतलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका थिए ।सगरमाथा आरोही बस्नेतले २२ तारिखका दिन बिहान करीव ९ बजे सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् । आठ दिनभित्र उनले सगरमाथाको चुचुरोमा पुगेर काठमाडौं आइपुगेका छन् ।



















प्रतिक्रिया दिनुहोस्