ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलेखानीमा कुलमानको आक्रोश : ठेकेदारलाई कालोसूचीमा राख्छु


admin

काठमाडौँ, २९ वैशाख । निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने समयसीमा तय गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा शनिबार आयोजनाको व्यवस्थापन, निर्माण व्यवसायी र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन शुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण उक्त समयभित्र सम्पन्न गर्ने निर्णय भएको हो ।

आयोजनाको विद्युत्गृहमा रहेका उपकरणबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण ‘वेट एण्ड नो लोड टेस्टिङ’ सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीले जनाएका छन् । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आज नै समाधान गरिदिएको छ । मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण यसअघि नै प्ररम्भिकरूपमा सम्पन्न भइसकेको छ । ‘

विद्युत् गृहको टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान करीब सम्पन्न भइसकेको छ । हाल अन्य उपकरणको ‘ड्राई टेस्ट’ भइरहेको छ । सुरुङ पेनस्टक पाइपलगायत सम्पूर्ण संरचना तथा उपकरणको परीक्षण भइसकेको छ,” घिसिङले भन्नुभयो, “जतिसक्दो छिटो आयोजनाबाट विद्युत् उत्पादन गर्न सबै उपाय लगाइरहेका छौँ ।”

आयोजनाको निर्माण चालू आवभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इञ्जिनीयरिङ एण्ड कन्स्ट्रक्सनको लापरवाही र कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण ढिलाइ भएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलबाटै भारतमा रहेका हुलासका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरवाही गरी कम्पनीले अन्य स्थानमा लिएको ठेक्का रद्द गरी कालोसूचीमा राख्ने चेतावनी दिनुभएको प्राधिकरणले जनाएको छ ।

“अझै पनि विभिन्न बहाना बनाएर कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत् उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु,” उहाँले टेलिफोनमा गोल्छालाई चेतावनी दिनुभएको थियो । राष्ट्रिय महत्वको आयोजनाको काम सम्पन्न नगरेर मुलुकलाई बन्धक बनाउने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याइने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । कम्पनीले विद्युत्गृह तथा प्रसारण लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि उनीले केही दिनअघि आन्दोलन गर्दै काम ठप्प पारेका थिए ।

प्राधिकरणले समस्या समाधानका लागि ठेकेदार कम्पनीलाई आज नै रकम उपलब्ध गराएको छ । कम्पनीले श्रमिकलाई करीब रु १८ लाख दिन बाँकी छ । प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र रु २४ करोडमा ठेक्का सम्झौता भएको थियो ।

ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने झण्डै रु सात करोड जरिवाना कम्पनीबाट असुल्ने निर्णय प्राधिकरणले गरिसकेको छ । प्रसारण लाइनको तीनमध्ये दुई टावरको निर्माण सकिएको छ । कम्पनीले बाँकी एउटा टावर खडा गरिरहेको छ । कूल पाँच सय मिटर तार तान्न बाँकी छ । ठेकेदार कम्पनीले यो काम एक हप्ताभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको प्राधिकरणले जनाएको छ ।

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानी खोलाको थप पानी प्रयोग गर्नेछ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । सो आयोजना नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो । आयोजनाको शुरुको लागत रु दुई अर्ब ३३ करोड थियो । तर निर्माण अवधि बढेसँगै आयोजनाको लागत रु चार अर्ब ६३ करोड पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com