ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी ९ दिने राजकीय भ्रमणका क्रममा सियानमा , राजदुत गरे विमान स्थलमा भब्य स्वागत


एबीसी न्यूज
बैशाख ११, २०७६ बुधबार  ४ : २२ बजे


काठमाडौं, ११ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि आज चीनको सियान पुग्नु भएको छ । चीनको सियानको विमान स्थलमा राष्टपति भण्डारीलाई चिनियाँ राजदुत र चीनकालागि नेपाली राजदुतले स्वागत गरेका छन् । चिनियाँ राजदुत यू होङ र लीलामणि पौडेलले स्वागत गर्नु भएको हो ।
राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट आज चीनको सान्सी प्रान्तको
सियान पुग्नु भएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले विदाई गर्नुभएको थियो ।

त्यसअवसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । राष्ट्रपतिको विदाइका लागि सरकारका वरिष्ठ मन्त्रीहरु, उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए । राष्ट्रपति भण्डारीसंग सान्सी प्रान्तका कम्युनिष्ट पार्टीका शिर्ष नेता एवं सरकारी अधिकारीहरुले भोलि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भण्डारी भोलि सांझ सियानबाट बेइजिङ पुग्नुहुनेछ । उहांले चीनको राजधानी बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची छ । सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिने जनाइएको छ ।

आरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन, संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकास लगायतमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीन भ्रमणका क्रममा बेइजिङमा दुवै मुलुकका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुनेछ ।

चिनिया समकक्षी सी जिनपिङको निमन्त्रणामा भएको यो उच्चस्तरीय भ्रमण नेपालका राष्ट्रपतिको पहिलो राजकीय भ्रमण हो । राष्ट्रपति भण्डारी तिब्बत स्वायत्त प्रदेशको ल्हासा हुंदै बैशाख १९ गते स्वदेश फर्किनुहुनेछ । राष्ट्रपतिसंगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमणमा सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com