ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि लगानी सम्मेलन, ४० देशका ६ सय भन्दा बढि लगानीकर्ता सहभागी


एबीसी न्यूज
चैत्र १५, २०७५ शुक्रबार  ८ : ५३ बजे

काठमाडौं , १५ चैत । सरकारले विभिन्न परियोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसहित आजदेखि लगानी सम्मेलनको आयोजना गरेको छ । सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरेको जनाएको छ । सम्मेलनमा सहभागी हुन ४० देशका पाहुना काठमाडौं आइपुगेका छन् ।

सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र बोर्डका कर्मचारी खटिएका छन् । सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २५ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्तदुरुस्त बनाइएको छ ।

२ वर्ष अघि सरकारले ठुलो तयारीका साथ गरेको लगानी सम्मेलनमा लगानीको लागि प्रतिवद्धताको बाढि नै आएको थियो । तत्कालिन सरकारले सोचेभन्दा बढि प्रतिवद्धता अँएपछि नेपालमा लगानी गर्न लगानीकर्तँ उत्साहित छन् भन्ने देखिएको थियो । तर दुईवर्षको बीचमा प्रतिवद्धताको १० प्रतिशत समेत कार्यान्यनमा आउन सकेन । यसको सोझो अर्थ, अझै पनि नेपालमा लगानी गर्नेहरु बिश्वस्त हुन नसकेको स्पष्ट भयो । दुई वर्ष अघि आएको १३ खर्ब ५२ अर्ब रुपैयां बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आयो त्यसबाट नेपालले खासै लाभ लिन सकेन ।

सरकारी तथ्यांकलाई हेर्ने हो भने गत २० वर्षको समय १ खर्ब ७० अर्ब बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ । सरकारले अहिले ३० खर्वको लगानी ल्याउने भनेको छ । यद्यपी, विगतको व्यवहार हेर्दा व्यवहारिक कार्यान्यनमा समस्या आउने पो होकी भन्ने आशंका व्याप्त छ । तर अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भने बिगतको भन्दा अब हुन लागेको फरक भएको दाबी गर्छन् । शुक्रबार र शनिबार हुन लागेको लगानी सम्मेलनलाई उत्सवको रुपमा मनाउन अर्थमन्त्री डाक्टर खतिवडाले आग्रह गरेका छन ।

अझैपनि बिदेशी लगानीकर्ताहरु नेपालमा लगानीको लागि आंखा लगाइरहेका छन । तर बिगतको सम्मेलनलाई बिष्लेषण गर्ने हो भने सम्मेलनमा प्रतिवद्धता जनाएका अधिकांश विदेशी लगानीकर्ता लगानी ल्याउने प्रक्रिया सामेल भएनन् । तर बिगतको भन्दा परिस्थिती फरक भएको भन्दै लगानी भित्राउने उत्तम समय भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा बताउछिन ।

अघिल्लो पटकको लगानी सम्मेलनमा चीनबाट सबैभन्दा बढि ८ खर्ब ३० अर्बको प्रतिवद्धता आएको थियो, तर, लगानी हुन सकेन । यसपटक समेत ६ सय भन्दा बढि स्वदेशी तथा बिदेशी लगानीकर्ता सहभागी हुंदैछन् । यिमध्ये बैदेशिक लगानीकर्ता नेपालको जलबिद्युत, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न बढी नै इच्छुक देखिएका छन ।

लगानी सम्मेलनमा ७७ वटा परियोजना विदेशी लगानीकर्ता समक्ष प्रस्तुत गरिदै छ । सरकारले कानुनहरु धमाधम परिर्वतन गरेर भए पनि लगानीकर्तालाई नेपालमा लगानी मैत्री वातावरण बनेको छ भनेर देखाउन खोजेको छ । यद्यपी, कतिपय स्वदेशी लगानीकर्ता भने अझै पनि वातावरण नबनेको बताउंछन् ।

अहिलको सम्मेलनबाट बिगतकै जस्तो प्रतिवद्धतामा सीमित हुने परम्पराको अन्त्य हुनुपर्ने आवश्यक छ । लगानी सम्मेलन अघि लगानीमैत्री वातावरणको लागि ऐन कानुनमा सुधार गरेर विगतमा जस्तो प्रतिवद्धता मात्र आउने अवस्था हटाउन सरकारले गरेको भरमग्दुर प्रयास सकारात्मक छ । यद्यपी, नेपालको राजनीतिक स्कुलिङका कारण अझै पनि विदेशी लगानीकर्ता आउने बित्तिकै केन्द्रीय नेता, स्थानीय कर्मचारीदेखि टोले गुन्डाले लगानीकर्तालाई दिने आर्थिक र मानसिक तनाव बन्द हुन सकेन भने अवस्था पुरानै दिशातिर फर्कने सक्छ । जसले गर्दा नेपालमा उद्योग धन्दा फस्टाउने वातावरणप्रति अन्तराष्ट्रिय लगानीकर्ता पनि विश्वस्त हुन सक्नेछैनन् ।

नेपालमा विदेशी लगानीको अवस्था सन्तोषजनक अझै बन्न नसकेको सत्य हो । ऐन नियम कानुन राम्रो छ, मुलुकमा राजनीतिक स्थायित्व छ भनेपनि बिदेशी लगानीकर्ता आउने बित्तिकै वातावरण बिगार्ने प्रयास तलदेखि माथिसम्म हुने गरेकै कारण नेपालमा लगानीकर्ता विश्वस्त हुन नसकेका हुन् । यसकारण, सरकारले संसदबाट बनाएको ऐनसंगै आफ्नै नेता कार्यकर्ता र टोले गुण्डा एवं सरकारी कर्मचारीलाई समेत लगाम लगाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अञ्जन श्रेष्ठको हातमा महासंघको बागडोर: ‘स्वत: अध्यक्ष’ बन्ने विधानको अन्तिम अध्याय

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अञ्जन श्रेष्ठको हातमा महासंघको बागडोर: ‘स्वत: अध्यक्ष’ बन्ने विधानको अन्तिम अध्याय

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

‘बालेन–डोजर अभियान’को आधार मानिएको रावल आयोग के हो ?(विस्तृत एक्प्लेनर)

अमेरिकी डलर १५२ रुपैयाँ माथि, महँगीमा थप दबाब, अर्थतन्त्रमा मिश्रित असर

रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com