ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने


एबीसी न्यूज
बैशाख २३, २०८३ बुधबार  ११ : ०७ बजे

काठमाडौं २३ वैशाख । थाइल्याण्डको मन्त्रिपरिषद्ले कम्बोडियासँग सन् २००१ मा गरिएको सामुन्द्रिक सम्झौता खारेज गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले दुई देशबीचको विवादित सामुन्द्रिक क्षेत्र र सीमांकनसम्बन्धी आगामी वार्ताहरू संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुन सन्धिको ढाँचाअन्तर्गत अगाडि बढाउने निर्णय गरेको हो । थाइल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सिहासक फुआङकेटकेउको प्रस्तावअनुसार यो निर्णय गरिएको प्रधानमन्त्री कार्यालयकी प्रवक्ता रात्चादा थनादिरेकले जानकारी दिनुभयो । वर्तमान वास्तविकता र विश्वव्यापी रूपमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय कानुनअनुरूप वार्ता प्रक्रियालाई अगाडि बढाउन पुरानो सम्झौता परिमार्जन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । प्रवक्ता थनादिरेकका अनुसार, सन् २००१ को समझदारी पत्र खारेज गर्नुको अर्थ द्विपक्षीय सम्बन्ध वा संवादमा पूर्णविराम लगाउनु नभई सहकार्यको ढाँचालाई मात्र पुनर्गठन गर्नु हो । थाइल्याण्डले कम्बोडियासँगको वार्तालाई ’युनक्लस’ संयन्त्रमार्फत निरन्तरता दिने स्पष्ट पारेको छ, जसले सामुन्द्रिक विवाद समाधानका लागि थप स्पष्ट, वृहत र व्यवस्थित दृष्टिकोण प्रदान गर्दछ । सन् २००१ मा गरिएको उक्त सम्झौता दुई देशबीचको ओभरल्यापिङ (दाबी बाझिएको) क्षेत्रमा सामुन्द्रिक स्रोतहरूको संयुक्त व्यवस्थापनका लागि तय गरिएको थियो । यद्यपि विगत दुई दशकमा यस विषयमा कुनै ठोस प्रगति हुन नसकेकाले थाइल्याण्डको राष्ट्रिय हितलाई ध्यानमा राखी वार्तालाई परिणाममुखी बनाउन नयाँ कदम चालिएको प्रवक्ताले बताउनु भयो । 
थाइल्याण्डले अन्तर्राष्ट्रिय कानूनप्रति आफ्नो प्रतिबद्धता दोहो¥याउँदै ‘युनक्लस’ प्रक्रियाको उपयोग गर्न तयार रहेको जनाएको छ । यस प्रक्रियाले सदस्य राष्ट्रहरूबीचको विवाद समाधानका लागि संवादलाई नै प्राथमिक माध्यम मान्दछ । 
यस निर्णयबारे थाइल्याण्डले कम्बोडियालाई अनौपचारिक रूपमा जानकारी गराइसकेको छ । अब औपचारिक रूपमा सूचना पठाउने प्रक्रिया शुरु गरिने र नयाँ ढाँचाअन्तर्गत कार्य सञ्चालन गर्न प्राविधिक तथा कानूनी समितिहरू गठन गरिने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

‘बालेन–डोजर अभियान’को आधार मानिएको रावल आयोग के हो ?(विस्तृत एक्प्लेनर)

सम्बन्धित

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

कल्याणकारी योजनाले मात्र चुनाव जितिँदैन — यो त एउटा आधार मात्र हो

ट्रम्पको चिनिया पासो

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

क्षेत्रीय परिस्थिति र शान्ति प्रयासबारे पाकिस्तान र इरानका विदेशमन्त्रीबीच छलफल

युएईको सरकारी तेल ट्यांकरमा आक्रमण : खाडी क्षेत्रमा तनाव बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com