ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चित्रबहादुर केसी गण्तन्त्र पक्षधरको एकता प्रयासमा


admin

काठमाडौँ, १८ असोज । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र पक्षधरसँग चुनावी तालमेल हुनसक्ने संकेत गर्नुभएको छ ।

रिपोर्टस क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष केसीले नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति नेपालबीच भएको तालमेल र एकता प्रयासलाई आफूले ठूलो रुपमा नलिएको भन्दै चुनावी तालमेल भए तापनि पार्टी एकता भने हुन नसक्ने बताउनुभयो । नेकपा (माले)का महासचिव सिपी मैनालीले चुनावअघि आफूहरु पार्टी एकीकरणमा नजाने बताउनुभयो ।

उहाँले एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच भएको तालमेलको शुरुवात सकारात्मक भएको भन्दै आगामी चुनावपछि मात्र छलफलमा जाने भनाइ व्यक्त गर्नुभयो ।  त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेलले एमाले र माओवादी केन्द्रबीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिँदै बाम एकताको प्रयास नै गलत भएको बताउनुभयो ।

उहाँले एमाले, माओवादी र नयाँशक्तिले कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउँछौं भनेर जनतालाई ढाँट्ने काम गरेको आरोप लगाउँदै यो गठबन्धन जनता र राष्ट्रको लागि औचित्यहिन रहेकोसमेत दाबी गर्नुभयो । माओवादी केन्द्रका नेता दीनानाथ शर्माले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको तालमेलले वर्तमान सरकारलाई केही असर नपर्ने बताउनुभयो ।

उहाँले बाम तालमेलको प्रयासबारे आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै जानकारी दिएको उल्लेख गर्दै भन्नुभयो, “हामीले एमालेसँग बाम तालमेल गर्नेबारे काँग्रेसलाई जानकारी दिएका थियौंँ, त्यसैले यो कसैका विरुद्ध लक्षित छैन् ।”

नेता शर्माले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारबाट चुनाव हुने भन्दै पार्टी फुटेर भन्दा पनि जुटेर अघि बढ्नु उपयुक्त हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com