नेपालगन्ज, १३ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग को बिशेष टोलीले अख्तियारकै एक अधिकारीलाई घुस सहित पक्राउ गरेको छ । क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना असई चार लाख रुपैयाँ घुससहित अख्तियारकै फन्दामा परेका छन् ।
अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले अख्तियारको विशेष अनुसन्धान टोली सुर्खेतमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई आइतवार साँझ नेपालगन्जबाट पक्राउ गरेको हो । जैसीबाट चार लाख घुससहित पक्राउ गरेको अख्तियार श्रोतले दाबी गरेको छ ।
नेपालगन्जमा कार्यरत इन्जिनियरसँग लिएको चार लाख रुपैयाँ घुससहित अधिकारीलाई पक्राउ गरी हिरासतमा लिइएको बताईएको छ । इन्जिनीयरसंग घुसको बार्गेनिङ गरेपछि उनीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी परेको थियो । अख्तियारले घुस दिने इन्जिनियरको नाम भने खुलाएको छैन । अख्तियारले नोट गरेको रकम सहित पक्राउ गरेको बताईएपनि जैसीले सो रकम हातमा लिन अस्विकार गरेको अख्तियार श्रोतले दाबी गरेको छ । जैसीलाई अख्तियारको कुसल अनुसन्धानकर्ता मानींदै आएको थियो ।


















प्रतिक्रिया दिनुहोस्