काठमाडौं , ७ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारे पछि १५ मिनेटको लागि बैठक स्थगित गरिएको छ ।
कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।
बैठकको सुरुमै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले समय मागेर बोलेका थिए । उनले कांग्रेसका नेताहरुको नाममा रहेका अस्पताल राजनीतिक पूर्वाग्रह राखेर खारेज गर्न लागिएको आरोप लगाए ।



















प्रतिक्रिया दिनुहोस्