ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के कारणले चुनाव हारेको निष्कर्ष निकाल्यो नेकपाले ?


एबीसी न्यूज
चैत्र १९, २०८२ बिहीबार   ३ : १७   बजे

आन्तरिक र बाह्य कारकलाई मुख्य जिम्मेवार ठहर्याउँदै १६५ क्षेत्रीय समितिलाई प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा अत्यन्त कमजोर नतिजा आएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हारका लागि आन्तरिक र बाह्य दुई प्रमुख कारण जिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।

बिहीबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकमा पार्टी नेतृत्वले यो विश्लेषण प्रस्तुत गरेको हो । साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ वटा वाम घटक मिलेर बनेको नेकपाले चुनावअघि आफूलाई निर्णायक शक्ति बनाउने आन्तरिक अनुमान गरेको थियो । तर प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी जम्मा १७ सिट मात्र जितेपछि पार्टीले गम्भीर समीक्षा सुरु गरेको छ ।

आन्तरिक कारणहरू

बैठकमा प्रस्तुत गरिएको प्रारम्भिक प्रतिवेदनमा आन्तरिक कमजोरीलाई मुख्य जिम्मेवार ठहर गर्दै निम्न कारणहरू औंल्याइएको छ :

  • क्रान्तिपछि आर्थिक तथा सामाजिक रूपान्तरण हुन नसक्नु
  • संगठनात्मक समायोजन नहुनु
  • विचारधारात्मक काम र प्रशिक्षणको कमी
  • युवाहरू पार्टीमा आकर्षित नहुनु
  • वाम शक्तिहरूबीच एकता कायम नहुनु
  • परिवर्तनको उपलब्धि जनतालाई बुझाउन नसक्नु
  • भएका कामको प्रभावकारी प्रचार प्रसार नहुनु
  • सिद्धान्त र व्यवहारबीचको ठूलो अन्तर
  • अवसरवादी र व्यक्तिवादी कार्यशैली
  • प्राविधिक जनशक्ति र स्रोत-साधनको अभाव
  • जनतासामु विकल्पको रूपमा प्रस्तुत हुन नसक्नु

बाह्य कारणहरू

पार्टीले बाह्य कारकलाई पनि उत्तिकै महत्व दिएको छ । जसमा :

  • पुराना दलविरोधी अभियान
  • वाम शक्तिमाथि निरन्तर प्रहार
  • भूराजनीतिक स्वार्थ र बाह्य शक्ति केन्द्रको चलखेल
  • डिजिटल सुनामी (सामाजिक सञ्जालको प्रभाव)
  • लोकप्रियतावादी शक्तिको तीव्र प्रचार
  • विदेशमा बस्ने नेपालीको भूमिका

रहेका छन् ।

क्षेत्रीय समितिलाई निर्देशन

निर्वाचन परिचालन समितिले फागुन २८ मा प्रारम्भिक समीक्षा गरेको थियो । बैठकले अब १६५ वटै निर्वाचन क्षेत्रका समितिलाई चुनावी हारको ठोस कारणसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

नेकपाले यी प्रतिवेदनको आधारमा थप गहन छलफल गरी पार्टीको भावी रणनीति तय गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

सम्बन्धित

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group