बुटवल, २९ पुस ।
बुटवल उपमहानगरपालिका सुख्खानगरबाट आज एकजना स्थानीयबासी बेपत्ता भएकाछन् । आईतबार बिहान घरबाट घुम्न निस्केका ६९ वर्षिय नरेन्द्र भण्डारी सम्पर्क बिहिन भएको परिवारका सदस्यहरुले बताएकाछन् ।
बिहान ५० रुपैयां गोजीमा हालेर घरबाट निस्केका भण्डारी रातीसम्म सम्पर्कमा नआएपछि परिवारका सदस्यहरु भण्डारीको खोजि गरिदिन ईलाका प्रहरी कार्यालय बुटवल पुगेका थिए । ईलाका प्रहरी कार्यालयबाट सोमबार १० बजेपछि मात्र खोजि कार्य गर्न सकिने जवाफ दिएको भण्डारीका भतिजा रमेश भण्डारीले बताए । नयां मुलुकी संहिता अनुसार अदालतको आदेश पछिमात्र कल डिटेल लिन सकिने भएको भन्दै बेपत्ता भण्डारीको कल लोकेशन खोज्न समेत प्रहरीले अस्विकार गरेको भतिजा भण्डारीले बताए ।
न्युरो समस्याका कारण औषधी सेवन गरिरहेका भण्डारी अवेर सम्म घर नफर्केपछि घरमा रुवाबासी मच्चीएको छ । बेपत्ता भण्डारीले केहि महिना पहिले सम्म बुटवल स्थित खस्यौली एफ एममा धार्मिक कार्यक्रम संचालन गर्दथे । ईलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरिक्षक दिलबहादुर मल्लले उजुरीका आधारमा प्रहरीले खोजिकार्य सुरु गरिसकेको बताएका छन् ।
भण्डारीका एक छोरा सुर्य भण्डारी अष्ट्रेलियामा बस्छन् भने अर्कोछोरा इश्वर भण्डारी काठमाण्डौमा बस्ने गरेको परिवारका सदस्यले जानकारी दिएकाछन् ।



















प्रतिक्रिया दिनुहोस्