ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 भ्रष्टाचारका समाचारले नेपालीले शिर निहुराउने अवस्था आएको छ : पूर्वअध्यक्ष रेग्मी


admin
पुस २०, २०७५ शुक्रबार  ३ : २५ बजे

काठमाडौं,२० पुस । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले हरेक क्षेत्रमा हुने भ्रष्टाचारका समाचारले नेपालीले शिर निहुराउने अवस्था आएकाले त्यसको न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।

साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाले आज आयोजना गरेको शताब्दी पुरुष कविराज दशरथमान सिंहको स्मृति ग्रन्थ विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश रेग्मीले न्यायालयमा हुने भ्रष्टाचारले आफूलाई थप दुखित बनाएको धारणा राख्नुभयो ।

उहाँले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आगामी दिनमा न्यायालयमा हुने भ्रष्टाचारविरुद्ध डटेर लग्नुपर्ने सुझाव दिनुभयो । अध्यक्ष रेग्मीले कविराज सिंहको सदाचार सहयोगी भावनाको सबैले कदर गर्नुपर्छ भन्दै सिंह पाल्पाको समाज र राजनीतिक परिवर्तनको साक्षी रहनुभएको स्मरण गनुभयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विजय जात्राका रुपमा मनाइने पाल्पा भगवती जात्राका बारेमा उक्त स्मृतिमा समावेश गरिएकाले उक्त पुस्तक अति नै उपयोगी रहेको बताउनुभयो । उक्त जात्रा राष्ट्रकै महत्वपूर्ण भएकाले सम्भव भएसम्म विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न सके भावी पुस्ताले पनि उक्त जात्राका बारेमा जानकारी लिन सक्ने धारणा राख्नुभयो ।

चार सय ६ पृष्ठ रहेको उक्त ग्रन्थमा सिंहका परिवारिक पृष्ठभूमिदेखि उहाँको जीवनको महत्वपूर्ण घटना, व्यावसायिक यात्रा, संस्मरणात्मक लेख रचना आदि समावेश गरिएको छ ।

सिंहका माहिला छोरा रामचन्द्रमानले आफ्ना बुबाले स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको सधैँ कदर गर्दै उक्त बाटामा हिँड्ने प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष पुष्करराज रेग्मीले सिंहले देखाउनुभएको सकारात्मक संस्कारको बाटो अँगाल्ने व्यक्ति पछिल्लो समय नेपालमा कमी भएको गुनासो गर्नुभयो । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी आफू चिकित्सक बन्नुको मुख्य प्रेरणास्रोत सिंह नै भएको बताउनुभयो । कार्यक्रममा सो ग्रन्थ लेख्न सहयोग गर्ने रामकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

विसं १९७६ कात्तिक १४ मा जन्मनुभएको सिंहले पाल्पा र आसपासका जिल्लामा शिक्षा र स्वास्थ्य शिक्षामा पु¥याउनुभएको योगदानको सहभागीले स्मरण गरेका थिए । उहाँको निधन विसं २०७४ मङ्सिर २४ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छः अध्यक्ष ओली

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com