ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरा खेलाउन फुर्सद छैन मन्त्री मगरलाई…


admin


काठमाडौं,१९ पुस । बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे ।

कार्यकक्षमा रहेका एक आगन्तुकले “मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला…” भनेपछि मन्त्री मगर छोरा समात्न पुग्नुभयो । “कति चकचक गरेको ? यता आउनुस्” भन्दै मगरले प्रणवलाई बोक्न खोज्नुभयो तर उनले टेरेनन् ।

बरु सचिवालयका एक सहयोगी महिलासँग फक्कियो ।केही दिन विद्यालय बिदा भएका कारण मन्त्री मगरले सिंहदरबारस्थित मन्त्रालयमा कहिलेकाँहीसँगै लिएर जाने गर्नुहुन्छ ।

मन्त्री मगर कुर्सी छाडेर सोफामा बसेर आगन्तुकसँग कुरा गर्दा ती चार वर्षीय छोरा खेल्दै-खेल्दै मन्त्रीको टेबलमाथि चढ्न पुगे । केहीबेरपछि कतै कार्यक्रममा बाहिर निस्कनुपर्ने जानकारी सचिवालयका कर्मचारीले दिइरहेका थिए ।

मन्त्री मगरले झोलाबाट छोराको स्वीटर निकाल्नुभयो । पाइट छाम्दा पिसाब गरेर भिजाइएको देखेपछि त्यो पनि फेरिदिनुभयो । “ल हेर त कतिखेर सुुसु गर्नुभएछ…” भन्दै छोरालाई कपडा फेर्न लाग्दा उहाँको कार्यकक्षमा पुगेका रासस प्रतिनिधिसँग मन्त्री मगरले भन्नुभयो, “आज बिदामा मन्त्रालय आएको भएर मैले एकछिन छोरा हेर्न पाएँ, घरमा हेर्न पनि भ्याइन्न । बहिनीहरुले सघाउँछन् ।”

आमाको भूमिका पूर्ण पालना गर्न नपाएको अनुभूतिसहित उहाँले भन्नुभयो, “म प्रायः बिहान चाँडै निस्कन्छु, छोरा सुतिरहेको हुन्छ । बेलुकी अबेर घरमा पुग्छु, ऊ सुतिसकेको हुन्छ ।

” छोराको अहिलेको हालखबर सुनाइहँदा मन्त्री मगरले एक वर्षअघि पति विगोग हुँदा र निर्वाचनमा होमिँदा आफूलाई पीडा र कठिनाइ भएको स्मरण गर्नुभयो । “त्यसबेला मलाई कम्ता गाह्रो भएन, छोरा अझ सानो थियो…” यति भनेर उहाँ रोकिनुभयो ।

एकछिनपछि प्रसङ्ग बदलेर मेलम्ची खानेपानी आयोजनाको कुरा गरियो । यही साता इटालियन कम्पनीसँग हुने औपचारिक वार्तापछि रोकिएको मेलम्चीको काम अघि बढ्ने उहाँले सुनाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बुहारीसमेत रहनुभएका मन्त्री मगर दाहाल निवास खुमलटारमा सगोलमा बस्दै आउनुभएको छ ।

मगरका पति नेकपाका युवा नेता प्रकाश दाहालको गत २०७४ मङ्सिर ३ गते हृदयाघातका कारण असामयिक निधन भएको थियो । त्यसबेला बीना प्रतिनिधिसभाका लागि कञ्चनपुर–१ बाट निर्वाचनमा होमिनुभएको थियो । शोकलाई शक्तिमा बदल्दै मतदातामाझ पुगेका मगरले संसद्मा जितेपछि पहिलो पटक मन्त्री हुनुभएको हो । वर्तमान मन्त्रिपरिषद्मा उहाँ सम्भवतः कम उमेरकी सदस्य हुनुहुन्छ ।

बीनाभन्दा अगाडिका प्रकाशका श्रीमती सिर्जना त्रिपाठीका छोरा प्रसिद्ध पनि खुमलटारमै बस्छन् । प्रसिद्ध अरुसँग भन्दा बीनासँग सुत्न मन पराउँछन् । दुवै छोरा खेल्ने र सँगै बस्ने गर्दा हजुरआमा सीता दाहाललाई मन बुझाउने मेसो मिल्ने गर्छ । समय मिलेको बेलामा हजुरबा पनि नातिहरुसँग रमाउने गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

दिवगङ्त प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा प्रकाशित स्मारिकामा बिनाले भावुक हुँदै पीडा व्यक्त गर्नुभएको छ, “अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुबा भन्न सक्छ ।

तिमीलाई थाहा छ, सिरानीको तस्वीर देखाउँदै ‘बाबुको बुबा’ भन्छ । अनि, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ । तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com