
विराटनगर, १८ पुस । पूर्वाञ्चल भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी, इटहरीमा रहनुहुने भएको छ ।
उहाँले विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको बिहीबार अवलोकन भ्रमण गर्नुहुनेछ ।
सो अवसरमा राष्ट्रपतिलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले सो क्याम्पसमा विसं २०३९–४१ मा मानविकी सङ्कायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गर्नुभएको थियो ।
सो समय उहाँको क्रमसङ्ख्या ३२० थियो ।विसं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उहाँ कोषाध्यक्षमा समेत विजयी हुनुभएको थियो ।



















प्रतिक्रिया दिनुहोस्