ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोशीले अदालतलाई निकास दिने राणाको विश्वास


admin
पुस १८, २०७५ बुधबार  ४ : ०१ बजे

काठमाडौं,१८ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई आजको मुद्दामा पेशी तोक्नु भएन ।

अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा बारम्बार प्रश्न उठेको हुनाले आजदेखि नै आफूले न्यायाधीश जोशीलाई मुद्दाको पेशी नतोकेको राणाको भनाइ थियो । आगामी दिनमा पनि उहाँलाई पेशी नतोक्ने राणाको योजना छ ।

“यदि हाम्रा कारण(हामीले छाड्दा) अदालतको जनआस्थामा वृद्धि हुन्छ भने हामी बाटो लाग्नुपर्छ, बाटो लाग्न हामी तयार हुनुपर्छ, न्यायालयलाई बारम्बार विवादमा ल्याउने काम गर्नुहुँदैन”, राणाले भन्नुभयो, “अदालतलाई अझै विवादमा ल्याउनु हुँदैन भनेर उहाँलाई मुद्दाको पेशी नतोकिएको हो, भविष्यमा पनि तोकिने छैन ।

” प्रधानन्यायाधीश राणाले जोशीले अदालतलाई निकास दिनुहुनेछ भन्ने विश्वास लिएको बताउनुभयो । “ यदि कोही न्यायाधीशका कारण अदालत विवादमा आउँछ भने उसले निकास दिनुपर्छ”, उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उहाँले आजको मुद्दाको पेशी तोक्ने काम गर्नुभयो । सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशलाई छ ।

सोही पेशी तोक्ने क्रममा उहाँले आजदेखि नै जोशीलाई मुद्दामा पेशी तोक्नु भएन । जोशी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाले पदबहाली गर्ने क्रममा आउनुभएको थियो तर पेशी नतोकिएपछि उहाँ पत्रकार सम्मेलनमा उपस्थित हुनुभएन ।

पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राणाले आफैँले संसदीय सुनुवाइका क्रममा न्यायलयको छवि उच्च पार्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै भन्नुभयो, “सार्वभौमसम्पन्न संसदीय सुुनुवाइ समितिको निर्णयलाई मान्नुपर्छ, त्यो निर्णयलाई सम्मान गर्छु भनेर प्रतिबद्धता गरेको छु ।

” उहाँले संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अयोग्य ठहर गरेको न्यायाधीशलाई सर्वोच्च अदालतमा राखेर झन् विवादित पार्न नहुने हुँदा आफूले सो निर्णय लिनुपरेको उल्लेख गर्नुभयो ।

जोशी आफ्नो स्कूल कलेजको सहपाठी भएको स्मरण गराउँदै उहाँले जोड्नुभयो, “प्रधानन्यायाधीशको पदबाट साथी भाइको नाताले हेर्न मिल्दैन, वरिष्ठ न्यायाधीशको हिसाबले अदालतलाई बन्धक बनाउनु हुँदैन, निकास दिनुपर्छ भन्ने हिसाबले मैले गम्भीर निर्णय लिएँ ।” उहाँले न्यायालयको छविलाई माथि उठाउनका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश राणाले आगामी दिनमा न्यायालयलाई विवादरहित तरिकाले आगाडि बढाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । “अदालतका सम्पूर्ण न्यायाधीश एउटा परिवार हो, हामी कोहीबाट पनि विवादित हुने खालका काम हुनु हुँदैन, हिजोका दिनमा भएका विवादका भ्रमलाई पनि चिर्ने गरी काम गर्नुपर्छ ।”

न्यायालयमा संविधानको रक्षा र व्याख्या गर्ने मूल काम भएको हुँदा नागरिकको न्यायमा सहज पहुँच पु¥याउने तरिकाले काम गर्ने कार्ययोजनासमेत उहाँले सुनाउनुभयो ।

न्यायाधीशलाई मर्यादित बनाउनका लागि बनाइएको आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्ने र बालक, वृद्धा, अपाङ्गता भएका व्यक्तिका लागि विशेष प्राथमिकता दिएर मुद्दा हेरिने बताउनुभयो ।

मङ्गलबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भएको थियो । आजै उहाँले शपथ लिएर पदभार ग्रहण गर्नुभएको हो । उहाँको कार्यकाल चार वर्षको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छः अध्यक्ष ओली

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com