
काठमाडौं,१८ पुस । जापान सरकारले कामदार लिने सम्बन्धमा नेपाल सरकारलाई अवधारणासहितको मस्यौदा पठाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामदार स्रोतका रुपमा नेपाललाई छनोट गरिएको जानकारीसहित कामदार भर्ति र आपूर्तिबारेमा अवधाराणा पत्र आइपुगेको हो ।
सरकारले अब जापानको प्रस्तावित मस्यौदामाथि अध्ययन सुरु गरेको छ । कुन मोडलबाट, कस्ता कामदार, कुन प्रक्रियाबट लैजाने भन्ने गरी जापानले पठाएको अवधारणामाथि नेपालले केही समयपछि बस्ने दुई देशीय श्रम अधिकारीको बैठकमा नेपालले आफ्नो धारणा राख्ने बताइएको छ ।
दुई देशबीच सम्झौताका सम्बन्धमा थप छलफल गर्न जनवरी तेस्रो साता जापानी प्राविधिक टोली काठमाडौं आउने तयारी गरिरहेको बताइएको छ । सरकारले कामदारको हित र सुरक्षालाई केन्द्रमा राखेर सरकारी तवरबाटै कामदार पठाउने वातावरण बनाउने बताएको छ ।



















प्रतिक्रिया दिनुहोस्